फेडेरर सेमिफाइनलमा

एजेन्सी, स्पेन । नोभाक जोकोभिचलाई हराउँदै रोजर फेडेरर एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  स्वीस खेलाडी फेडेररले जोकोभिचलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए । खेलमा आफ्नो पकड बनाएका ६ पटकका च्याम्पियन फेडेररले जोकोभिचलाई ६–४ र ६–३ को सोझो सेटमा हराए । जितपछि फेडेररले धेरै खुसी भएको प्रतिक्रिया दिए ।

उनले भने,‘खेलको योजना सफल भयो । नोभाकविरुद्ध उत्कृष्ट सर्भिस गरेँ, उत्कृष्ट प्रदर्शन गरेँ ।’ लन्डनको ओ २ एरेनामा भएको खेलमा जोकोभिच पराजित भएपछि यो सिजनको अन्तिमसम्म टेनिस वरीयता क्रमको शीर्ष स्थानमा राफेल नाडाल रहने पक्का भएको छ ।

प्रतिक्रिया