कालापानीको घाउ र हाम्रो स्वाभिमान

देश नरहे हामी कोही रहदैनौं । देश जोगाएपछि जनताको शासन फस्टाउन सक्छ । यदि देश अरूकै हातमा गयो भने हामी जनता हैन दास बन्न पुग्छाैँ । दासका लागि न कुनै देश हुन्छ न कुनै व्यवस्था सामाजिक मतभेद छोडेर राष्ट्रिय स्वार्थका लागि सम्पूर्ण दलका स्वाभिमानी, आदर्श एवं विवेकशील कार्यकर्ताहरू एकजुट भएर अबको समयले नेपाली समाजले, नेपाली माटोले र यहाँको सभ्यताले मार्ग अनुसारको पूर्ण लोकतान्त्रिक समाजवादी व्यवस्थालाई समृद्ध बनाउनै पर्छ 

सन् १९६२ चीनसँगको युद्धको दौरानमा भारतले काली तरेर नेपाल भूमि अतिक्रमण गर्दै अघि बढ्यो । अतिक्रमण गर्दैं भारतीयहरू लिपुलेक आएर त्यहाँबाट बगेको खोलालाई कालीनदी भनेर एकतर्फीरूपमा घोषणा पनि गर्यो । यसरी लिम्पियाधुरादेखि लिपुलेकसम्मको ३१० वर्ग कि.मि. क्षेत्र भारतले कब्जा गरी नेपाली भूमि कालापानीमा भारतीय सेना तैनाथ गर्यो । त्यसपछि थप ६२ किमी पूर्व आइसकेको छ । यसरी यो क्षेत्रमा मात्र भारतले ३७२ किमी जमीन मिचिसकेको छ ।

भारतको यो कदमलाई चीनले पनि समर्थन हो कि भन्ने आशंका उत्पन्न भएको देखिन्छ । किनभने लिम्पियाधुरा नै नेपालको भएकाले त्यो भन्दा ३१० वर्गकिमी पूर्व नेपाली भूमि लिपुभञ्ज्याङ पनि नेपालकै हो भन्ने कुरामा दुई मत छैन । तर, नेपाललाई नै जानकारी नदिई चीनको राजधानी बेइजिङमा भारतका प्रधानमन्त्रि नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङले लिपुलेक व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने निर्णय किन गरे ?

सीमा विवाद समाधानका लागि केही अगाडि पहलकदमी पनि भएका देखिन्छन् । सन् १९८१ देखि २००७ सम्म नापी विभागका महानिर्देशकको संयुक्त नेतृत्व नापी समितिले करिब २६ वर्ष लगाएर दुवै देशका प्राविधिकले १८७ वाट स्टिप्स म्याप पनि टुंग्याएका थिए । यस सम्बन्धमा सन् २००७ मा चरणवद्ध वैठक पनि भएको थियो । पछि नरेन्द्र मोदी भारतीय प्रधानमन्त्रि भएपछि नेपालको सीमा समस्या समाधानका लागि संयुक्त कार्यदल बनाउनुपर्ने मागअनुरूप महानिर्देशकको नेतृत्वको संयन्त्रलाई बिउँत्याइएको थियो । त्यसयता नक्सा भएको ठाउँमा पिल्लर गाड्ने र अन्य काम पनि भैरहेको छ ।

आफ्ना कालजयी एजेन्डाहरूलाई देशभन्दा बाहिरी शक्तिको इशारामा चटक्कै छोडेर नेपाली कांग्रेस अहिले एजेन्डाविहीन अवस्थामा छ । नेपालको सांस्कृतिक एवं सामाजिक पहिचानलाई त्यागेर कुनै पनि राष्ट्र न त समृद्ध हुन सक्छ न त स्वाभिमानी । नेपाली कांग्रेस जस्तो पार्टीभित्र पनि देश बाहिरका शक्ति केन्द्रहरूको एजेन्डाको रूपमा काम गर्ने मानिसहरूको घुसपैठ हुनु दुर्भाग्यपूर्ण छ । कांग्रसभित्र रहेको यो क्यान्सरग्रस्त सेल अर्थात अंगलाई यथाशीघ्र फाल्नै पर्छ

सन् २०१४ मा सम्पन्न नेपाल र भारत मन्त्रिस्तरीय संयुक्त बैठकमा कालापानी र सुस्तासम्बन्धी विवाद प्राविधिकहरूको सुझावका आधारमा विदेश सचिवस्तरीय बैठक गर्ने निर्णय भएको थियो । उक्त बैठकमा भारतीय विदेशमन्त्री शुष्मा स्वराज सहभागी थिइन् । त्यसपछि कालापानी विवादमा कुनै प्रगति भएको छैन । कालापानीको सम्बन्धमा वेलाबखत सतहमा आउने र सेलाउने गरेको पाइन्छ । सन् २०१५ मा नरेन्द्र मोदीको चीन भ्रमणमा गएका बेला दुवै देशबाट जारी भएको संयुक्त वक्तव्यलाई लिएर पनि विवाद चुलिएको छ । भारत र चीनले लिपुलेकबाट वैदेशिक व्यापारिक मार्ग निर्माण गर्ने सहमति गरेपछि नेपालले तत्कालै विरोध पनि जनाएको थियो ।

नेपाल र भारत संयुक्त आयोग ०७१ सालमा सम्पन्न तेश्रो बैठकले कालापानी र सुस्तामा जारी सीमा विवाद सुल्झ्याउने जिम्मा दुवै देशका परराष्ट्र सचिवलाई दिएको थियो । तर, उक्त विवाद सचिवस्तरीय बैठकले अझै सुल्झाउन सकेको छैन । त्यसैले कालापानी, लिपुलेकमाथि भारतले गरेको अतिक्रमण र मिचिएको भूमि फिर्ता गराउन स्वयं प्रधानमन्त्रीले निम्न कुराहरू अविलम्व थालनी गर्नुपर्ने देखिन्छ । नत्र भने नेपाली जनताले फेरि अर्को स्वाभिमान र राष्ट्रियताको लडाइँ लड्ने दिन आउन सक्छ ।

राजनीतिमा निष्ठा, विचार, मर्यादा, सेवाभाव, समर्पण एवं नैतिकता समाप्त भयो भने त्यो एउटा अपराध कर्ममा मात्र सीमित हुन पुग्छ । अहिले नेपाली राजनीति त्यस्तै दिशातर्फ उन्मुख भइरहेको छ । सच्चा विचार आदर्श एवं आचरण भएका मानिसहरू राजनीतिमा नरहने मात्र हैन त्यसतर्फ जाने विचारसम्म गर्दैनन् । राजनीति हामीजस्ता सीधासादा, निष्ठावान् एवं नैतिक चेतना भएकाहरूले गर्ने विषय छैन भन्ने सोच विकास भइरहेको छ । यसको अर्थ अब राजनीतिक क्षेत्र केवल खराब मानिसहरूको मात्र क्रीडास्थल हुन पुगेको छ । यो अवस्था कुनैपनि देश, समान एवं सभ्यताको लागि दुर्भाग्यको हो ।

यसरी देश अगाडि बढ्दैन । अब राम्रा मानिसहरूपछि बसेर तमासा हेर्न हुँदैन । राजनीति खराबहरूको क्षेत्र हो भनेर हामी बस्याँै भने ती खराबहरूबाट पैदा हुने प्रतिफल असल मानिसहरूले नै भोग्नुपर्ने हुन्छ । पानीले मुहानमा विष घोलिदिने हो भने सम्पूर्ण पानी विषाक्त हुन्छ । त्यो विषाक्त पानी सबैले सेवन गर्नुपर्ने हुन्छ । तसर्थ मुहानलाई विषाक्त बनाउने तत्वहरूलाई विस्थापित गर्ने असल मानिसहरू नै अगाडि बढ्नुपर्छ । नत्र सधैँ खराबहरूको हालिमुहाली हुन्छ ।

अहिले केही राजनीतिक व्यक्तिहरूको अपराधिक कर्म बाहिर आइरहेको छ । उनीहरूलाई कारवहीको प्रक्रियामा पनि राखिएको छ । सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तिको चरित्र नांगिदा देशको नै मर्यादामा आँच आउछ । यसपछि अरू पनि धेरै एकपछि अर्को कु–कृत्यहरू खुल्दै गएका छन् । नखुलेका अपराधहरू धेरै होलान् किनभने राजनीति अनैतिक, अशिष्ठ एवं लोभीपापीहरूको हातमा गएको छ । सत्ताका लागि जनताको नृसंश हत्या गर्नेहरूको हातमा राज्यको बागडोर छ । अपराध एवं भ्रष्टाचारण राजनीतिको लागि लाइसेन्स बनेको छ ।

परिवर्तन केवल भाषण एवं कागजमा मात्रै सीमित भएको छ । दलका असली कार्यकर्ताहरू राजनीतिको चौघेराभन्दा बाहिर पुगिसकेका छन् । नेताहरूलाई फिल्डमा बसेर काम गर्ने मण्डली चाहिएको छ, कि त ब्रिफकेस बोकेर उपहार टक्र्याउने महाजन चाहिएको छ । गुन्डागर्दीले निर्धा निमुखा कार्यकर्ता एवं जनता पीडित छन् । गरिब, श्रमिक महिला एवं पीडितहरूको पक्षमा घाँटी सुकुञ्जेल भाषण गर्ने कम्युनिस्टहरूको शक्तिशाली सत्ता छ, तर यही अवधिमा सबैभन्दा बढी बिचल्ली गरिब वर्गको भइरहेको छ, मजदुरहरूको शोषण अत्यधिक बढेको छ । महिला वर्ग इतिहासमै सबैभन्दा बढी असुरक्षित र अपमानित भइरहेका छन् । अपराधीहरूको मनोबल उच्च बन्दै गइरहेको छ । देशमा लोकतान्त्रिक हैन एकदलीय अधिनायकवादी सरकारभन्दा पनि डरलाग्दो अवस्था छ । प्रतिपक्ष अस्तित्वविहिन छ । नागरिकसमेत मौन छन् ।

यस्तो अवस्थामा हिजो निर्दलीय तानाशाही र राजाको हुकुमी तन्त्रका विरूद्ध लडेका असली लोकतन्त्रवादीहरू राजनीतिको मूल प्रवाहमा आउनै पर्ने वेला भएको छ । जनदेश संकटमा पर्छ, त्यत्तिवेला असली प्रजातन्त्रवादी एवं राष्ट्रवादी नागरिकहरू एकजुट हुनै पर्छ । इतिहासमा यस्तै हुँदै आएको छ । हरेक दलभित्र असली प्रजातन्त्रवादी एवं राष्ट्रवादीहरू छन्, उनीहरू निराश भएर बस्ने वेला छैन् । आफ्नो स्वार्थका लागि देश नै बेच्नसम्म पनि तयार हुने अवसरवादीहरूबाट देशलाई बचाउनुपर्ने वेला भएको छ ।

खासगरी ६ दशकभन्दा अगाडिदेखि नेपाल र नेपालीको संरक्षणका लागि लड्दै आएका नेपाली कांग्रेसप्रति अझै जनताको ठूलो भरोसा छ । आफ्नो निकृष्ट स्वार्थका लागि पार्टीलाई प्रयोग गर्ने छद्मभेसी एवं नक्कली जमातबाट नेपाली कांग्रेस पार्टीलाई मुक्त नगराएसम्म नेपालको लोकतन्त्र न त संस्थागत हुन सक्छ, न त नेपालको राष्ट्रिय स्वाभिमान उच्च रहन सक्छ । नेपालको पहिचान नै समाप्त गर्ने अराष्ट्रिय तत्वहरूको खेल अन्त्य गर्नैपर्छ ।

आफ्ना कालजयी एजेन्डाहरूलाई देशभन्दा बाहिरी शक्तिको इशारामा चटक्कै छोडेर नेपाली कांग्रेस अहिले एजेन्डाविहीन अवस्थामा छ । नेपालको सांस्कृतिक एवं सामाजिक पहिचानलाई त्यागेर कुनै पनि राष्ट्र न त समृद्ध हुन सक्छ न त स्वाभिमानी । नेपाली कांग्रेस जस्तो पार्टीभित्र पनि देश बाहिरका शक्ति केन्द्रहरूको एजेन्डाको रूपमा काम गर्ने मानिसहरूको घुसपैठ हुनु दुर्भाग्यपूर्ण छ । कांग्रसभित्र रहेको यो क्यान्सरग्रस्त सेल अर्थात अंगलाई यथाशीघ्र फाल्नै पर्छ । फेरि पनि प्रजातन्त्र र राष्ट्रियताको सुरक्षाका लागि पुराना तर योग्य, विचारवान निष्ठावान, नैतिकवान, पूर्ण प्रजातन्त्रवादी एवं आदर्श कार्यकर्ताहरू विचारको कोइला बनेर पार्टीमा सक्रिय हुन जरुरी छ । यो समयको मागलाई पूरा गर्नैपर्ने अवस्था छ ।

देश हामी सबैको आधार हो । देश नरहे हामी कोही रहदैनौँ । देश जोगाएपछि जनताको शासन फस्टाउन सक्छ । यदि देश अरूकै हातमा गयो भने हामी जनता हैन दास बन्न पुग्छौँ । दासका लागि न कुनै देश हुन्छ न कुनै व्यवस्था सामाजिक मतभेद छोडेर राष्ट्रिय स्वार्थका लागि सम्पूर्ण दलका स्वाभिमानी, आदर्श एवं विवेकशील कार्यकर्ताहरू एकजुट भएर अबको समयले नेपाली समाजले, नेपाली माटोले र यहाँको सभ्यताले मार्ग अनुसारको पूर्ण लोकतान्त्रिक समाजवादी व्यवस्थालाई समृद्ध बनाउनै पर्छ । नेपाल र नेपालीका लागि यो भन्दा अर्का कुनै विकल्प छैन ।

प्रतिक्रिया