पप्पी अर्थात् रिमेम्बरेन्स डे

हुन त आजभोलि ‘पप्पी’ शब्दलाई विकशित प्रायः सबै देशका र अल्पविकसित वा विकासशील भनिने देशका सहरबजारमा बस्ने मान्छेहरूले कुकुर वा कुकुरको छाउरा–छाउरी भन्ने अर्थमा बढी बुझ्छन् । साथै धेरै जसो मान्छेहरूले आप्mनो कुकुर–कुकुर्नी वा छाउरा–छाउरीको नाम पनि ‘पप्पी’ राख्ने गरेको पाइन्छ । तर, यो लेखमा उल्लेख गर्न लागेको ‘पप्पी डे’चाहिँ मान्छेहरूले पाल्ने कुकुर, कुकुर्नी तिनका छाउरा–छाउरीका बारेमा नभएर पहिलो विश्वयुद्धसँगै जोडिएर आएको ऐतिहासिक घटनासँग सम्बन्धित रहेको छ ।

पहिलो विश्व यद्ध सकिएको औपचारिक रूपमा घोषणा गरिएको दिन हो ‘–सन् १९२१ नेभेम्बर ११ तारिख ।’ अझ सो दिनको ११ बजेर ११ मिनेट, ११ सेकेन्डमा औपचारिक रूपमा पहिलो विश्वयुद्ध सकिएको घोषण भएको थियो भन्ने भनाइ छ । यसरी पहिलो विश्वयुद्धको वेला बेल्जियमको फ्ल्यान्डर्स सहर नराम्रोसँग ध्वस्त भएको थियो । यतिसम्म कि, त्यहाँको सम्पूर्ण मानववस्ती, वन–जंगल, रूख–बिरुवा, जीव–जन्तु केही पनि बाँकी रहेन ।

गएको ११ नोभेम्बरमा यो दिवस मनाउन थालेको ९८ वर्ष भएको छ । स्मरणीय छ, सो युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरूको सम्झनामा ‘प्mलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकमा गीत–संगीत पनि रचना गरिएको छ । हाल पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका सबै सैनिकहरूको सम्झनामा यही ‘प्mलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकको गीत–संगीतको धूनमा सलामी दिने गरिन्छ, बेलायतलगायत अन्य देशको सैनिक क्याम्पहरूमा 

यसरी सबका सब ध्वस्त भएपछि उजाड भएको त्यो भग्नावशेष भूमिमा युद्धको क्रममा सेनाहरूले वीरगति प्राप्त गरेको ठाऊँमा भने तत्कालीन सेनाहरूले लगाउने टोप (छत्रेटोपी) आकारको रातो पूmल लहरै सिपाहीहरू उभिए जसरी लहरै रातो पप्पी फूल फूलेको देखियो । के भनिन्छ भने, सो ठाऊँमा रातो पप्पी फूलबाहेक अरू रूख–विरूवा केही पनि देखिएन । त्यसैले रातो (पप्पी) पूmललाई जीवनको प्रतीक, जीवनको आशा, जीवन जिउने उत्साह, भरोसा, हौसला सम्झेर सो पूmललाई जीवनको प्रतीक मानेर ‘पप्पी डे’ मनाउन थालियो । तर, दोस्रो विश्वयुद्धपछि भने ‘रिमेम्बरेन्स डे’को रूपमा मनाउन थालियो ।

गएको ११ नोभेम्बरमा यो दिवस मनाउन थालेको ९८ वर्ष भएको छ । स्मरणीय छ, सो युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरूको सम्झनामा ‘फ्लावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकमा गीत–संगीत पनि रचना गरिएको छ । हाल पहिलो र दोस्रो विश्वयुद्धमा वीरगति प्राप्त गरेका सबै सैनिकहरूको सम्झनामा यही ‘फ्लावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकको गीत–संगीतको धुनमा सलामी दिने गरिन्छ, बेलायत लगायत अन्य देशको सैनिक क्याम्पहरूमा । त्यस्तै भुपु सैनिक र उनीहरूका परिवार सहभागी भएको (पब्लिक प्रोग्रामहरूमा) कार्यक्रममा सलामी नै नदिइए तापनि सो गीत–संगीतको धुन बजाइने गरिन्छ ।

त्यसो त पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरूले पनि प्रत्यक्षय लडेका थिए । खासगरी आदिवासी जनजाति मूलका जस्तै पश्चिम नेपालका मगर र गुरुङ पूर्वी नेपालका किराँतीहरू जो नेपालको भौगोलिक एकीकरणपछि ‘राई’ पदवी वा पगरी पाएका जस्तै बान्तावा, कुलुङ, मेवाहाङ, बाहिङ, जेरो आदि किराँतीहरू र लिम्बु (पछि अरू जातजातिलाई पनि बेलायती सेनाले भर्ती गर्यो वा ती जातजातिका मान्छेहरूले आप्mनो जात वा थर ढाँटेर भर्ती भए) लाई प्रत्यक्षय रूपमा गोर्खा पल्टन खडा गरेरै भर्ती गराएका थिए भने, तत्कालीन राणा शासकहरूले पनि आप्mनो तर्पmबाट संस्थागत रूपमै पहिलो र दोस्रो विश्वयुद्धमा आप्mनो भाइ–भतिजाको नेतृत्वमा नेपाली सेना ‘सर्पोट टिम’को रूपमा बेलायती सेनाको पक्षमा लड्नका लागि खटाएको थियो ।

त्यतिले मात्रै नपुगेर हजारौँको संख्यामा चौरी गाई, गाई–गोरू, काठ–दौरा लगायतका अन्य सरसहयोग पनि गरेका थिए । तर, स्वर्गीय धर्मरत्न येँमी–यमीबाहेक अरू कुनै पनि लेखक वा इतिहासकारहरूले राणा शासकहरूले ‘हजारौँको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको बारे लेखेको वा भनौं उल्लेख गरेको यो पंक्तिकारले पढेको वा भेटेको छैन । स्मरणीय छ, स्वर्गीय धर्मरत्न येँमी–यमीले आफ्नाे किताब ‘नेपालका कुरा’मा राणा शासकहरूले ‘हजारौँको संख्यामा चौरी गाई, गाई–गोरू, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको उल्लेख गरेका छन् ।

त्यति मात्रै होइन स्वर्गीय धर्मरत्न येँमी–यमीले आप्mनो किताबमा तत्कालीन राजा श्री ५ त्रिभुवन र तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरबीच भएको बातचित (भनाभन) सम्म पनि उल्लेख गरेका छन् । संभवतः यी लगायतका धेरै कारणले गर्दा उनको सो किताबलाई त्यही बेला प्रतिवन्ध लगाइएको थियो । पछि फेरि विसं ०६० ताका पुनः प्रकाशित भएको प्रति यो पंक्तिकारले बढेको हो ।

यो वर्ष धरानका भूपू बेलायती गोर्खा सैनिकहरूले धरान उपमहानगर पालिकाको वडा नम्बर–२० स्थित विष्णु पादुकाको माछामारा डाँडामा निर्माण हुँदै गरेको (सालिक तयार भइसकेको) ब्रिटिश गोर्खा स्मृति पार्कमा औपचारिक कार्यक्रमसहित गत ११ नोभेम्बरमा आप्mना दिवंगत वीर पुर्खाहरूको सम्झना गर्दै ‘पप्पी अर्थात् रिमेम्बरेन्स डे’ मनाएका थिए ।

स्मरणीय छ, बेलायती सेनाबाट अवकास प्राप्त नेपालीहरूले वार्षिक लगभग ३३ अर्ब त पेन्सन मात्रै पाउँदै आएका छन् भने पहिलो र दोस्रो विश्वयुद्धलगायत बेलायतको पक्षमा लड्ने क्रममा बेलायती सेनामा कार्यरत १३ जनाले भिक्टोयिया क्रस (भिसी) २ जनाले जर्ज क्रस (जेसी) मेडलसमेत पाएका छन् । (स्रोतः कुबेर चालिसे, कारोबार दैनिक, ९ वैसाख ०७५ ) त्यस्तै, अन्य ६ हजार ५ सय चानचुनले अन्य साना–ठूला मेडलहरू पाएका छन् ।

प्रतिक्रिया