लुम्बिनी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–१५ रामबजारस्थित सिद्घ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री खरिदका लागि विकास बैंकका सञ्चालक सुशीलराज पराजुलीले विद्यालय व्यवस्थापन समितिलाई आर्थिक सहयोगबापत ६० हजारको चेक हस्तान्तरण गरे ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ६५ शाखाहरू र १४ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरूलाई उच्च स्तरीय आधुनिक एवं नवीनतम् प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया