मुक्तिनाथ बैंक र ट्रयांककुलिटी स्पाबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि र ट्रयांकुलिटी स्पा, काठमाडौंबीच बैंकका ग्राहकहरूलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने समझदारी भएको छ ।

उक्त सम्झौता पत्रमा ट्रयांकुलिटी स्पाको तर्फबाट वजारीकरण तथा बिक्री प्रबन्धक बन्दना गुरुङ र मुक्तिनाथ विकास बैंकका तर्फबाट वजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका हुन् ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ट्रयांककुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरूमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया