सांग्रिला बैंक र सिद्घार्थ बिजनेस ग्रुपबीच सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवा सुविधाहरूमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरूलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक श्री अपूर्व प्रसाद जोशी र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले देशभरि रहेका ८७ वटै शाखाहरूबाट विभिन्न प्रकारका बैंकिङ सुविधाहरू दिँदै आएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरूले सिद्घार्थ बिजनेस ग्रुप अफ्m हस्पिटालिटी प्रालिको देशका विभिन्न स्थानहरूमा रहेको शाखा सञ्जालहरूबाट प्राप्त हुने खाना तथा आवाससम्बन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया