कुवेतका प्रधानमन्त्रीद्वारा राजिनामा

एजेन्सी । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा दिएका छन् । कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिएको उल्लेख गरेको छ ।

सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाएको छैन् । सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएको हो। खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ भने पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन।

प्रतिक्रिया