सय भन्दा बढिलाई रोजगारी दिँदै जितेबजार

कालिकोट । रोजगार नपाएरै भाँैतिरीएका एक सय भन्दा बढिलाई जितेबजारले रोजगार दिएको छ । प्रायजसो भारतमा गएर जिविकोपार्जन गर्ने युवाहरु स्थानिय हाटबजार जितेगडामा काम गर्दै आम्दानी गर्न थालेका छन् । जिल्लाको एक स्थानिय हाटबजार जितेबजारले दैनिक एक सय जनाभन्दा बढि बेरोजगारलाई रोजगार दिएको हो ।

२०६३ सालमा सुर्खेत–जुम्ला सडक निर्माण भएपछि कर्णाली नदिको छालमा लागेको बजारले यहाँका स्थानिय बेरोजगारीहरुलाई १३ वर्ष देखिनै रोजगारि दिएको छ । कर्णाली नदिमा पक्कि पुल निर्माण नहुँदा राजमार्गको स्थानिय जितेबजारदेखि झोलुङ्गेपुल तारेर सामाग्रिहरु लेवरमार्फत ढुवानि गराउनु पर्छ । दैनिक एक सय भन्दा बढि मजदुरले अहिले रोजगारि पाइरहेका छन् । २०६३ सालदेखि दैनिक जसो एक सयभन्दा बढि स्थानिय बेरोजगारिहरुले रोजगारि पाइरहेको जितेबजारका व्यापारी तुलाराज योगिले बताए ।

उनले भने, ‘यतिले पनि सामान समयमै पुल पारी बोकाउन सकिँदैन, रातभरि सडकमै सामानको हेरालो राख्नु पर्छ, राजेगारिको लागि जिल्लाका ९ वटै स्थानिय तहहरुवाट यहाँ भारि बोक्न आउँछन्, दिन भरी भारी बोक्छन्, बेलुका एक हजारदेखि १५ सय सम्म ज्याला वुझेर घर फकिन्छन् त कोहि टाढादेखि भारि कोक्न आउने मजदुर भने, बजारमै कोठा लिएर वसछन् ।’ वास्तवमा भन्ने हो भने एक स्थानिय तहले अहिलेसम्म मजदुरलाई रोजगारि दिन सकेको छैन । तर, स्थानिय हाटबजारले दैनिक एक सय भन्दा बढि बेरोजगारिहरुलाइ रोजगार दिएको छ ।

संघीयता के हो ?

लामो समयदेखि जितेबजारमा भारि बोक्दै आइरहेका खाँडाचक्र नगरपालिका–२ निवासी पंखे विकले मेरो रोजिरोटिनै यहि भउको बताए । ‘यही बजारमा भारी बोक्दा मेरो १३ वर्ष वित्यो’, उनले भने, ‘पहिले पनि भारि बोकेरै घरपरिवार पाल्थेँ, अहिले पनि भारी बोकेरै दुई छोरा र तीन छोरीलाई यसैबाट पढाई र घरखर्च चलाइरहेको छु, देशमा संघीयता आयो भन्छन के हो संघियता ? मलाई थाहा छैन, हामिहरु जस्ता भारिबोकी खानेहरुका लागि संघीयता आएपनि नआए जस्तै छ, पहिला पनि भारिनै बोकेरै खानु पथ्र्यो, अहिले पनि भारी बोकेरै खाइरहेका छौँ ।’

उनले पुनःदोहोर्याए, ‘सडक खन्नका लागि गाँउभरी स्काइभेटर मेशिन ल्याएर बाटो खनिरहेका छन्, जनप्रतिनिधीहरुकै हालि मुहालि छ, हामी गरिबहरुको वडा पालिका वा नगरपालिकामा केही गणना छैन, जोसँग पैसा छ, उनिहरुनै जनप्रतिनिधिको नजिक भएर सवै ठेक्का लिन्छन् । वास्तवमा हामिसँग न पावर हुन्छ नत पैसा, पहिला जस्तो थियो अहिले पनि उस्तै छ । सिंहदरवारको अधिकार गाँउमा आउने हल्ला सुन्दा हामिलाई खुशी पनि लागेको थियो । अहिले वास्तवमा संघियता भनेकै हुने खानेहरुको पोल्ठा भर्ने काम भ्रष्टाचार र वेथिति आएको महसुस भएको छ, रोजगारिकै लागि भारतको नैनिताल जानु परेको छैन । आफ्नै घरनजिक भारी बोकेर भएपनि गुजारा गरेका छौँ, यसैमा चित्त वुझाउनु परेको छ ।’

पंख मात्र होइनन् जितेबजारमा भारी बोक्दै आएका शुभकालिका गाँउपालिका –२ भर्ता निवासी ३५ वर्षिय पे्रम तिमिल्सीनाले पनि यस्तै गुनासो गरे । ‘तत्कालिन माओवादि र राज्य पक्षविचको समयमा १३ वर्षको उमेरमा पढाई छाडी म रोजगारिको लागि बुवासँग भारतको नैनितालमा ज्याला मजदुरी गरेँ । भारतमा मेरो ११ वर्ष वित्यो । त्येसपछि नेपालमा द्वन्द सामाधान भयो भन्ने सुनेँ, अनि म घर फर्किएँ । देशमा संघीयता आउन लाग्यो भन्ने थाहा पाएपछि घर फर्किएँ । तर, संघीयता भन्ने शव्द जे सुनेको थिएँ, वास्तवमा त्यो मैले देखिन । अहिले म दिनभर भारी नबोकेसम्म विहान वेलुका छाक टार्न मुस्किल पर्छ । संघीयता मलाई थाहा छैन, यही बजार मेरो जिवन चलाउने भाँडो भएको छ ।’

संघीयता गरिव र निमुखाहरुका लागि हो, तर पछिल्लो समय संघीयता हुने खाने र जनप्रतिनिधिहरुका आसेपासेहरुको लागि मात्र आएको जितेबजार बजार व्यवस्थापन समितिका अध्यक्ष दिल बहादुर शाहिले बताए । ‘संघीयता आउनु अगाडि नागरिकहरुमा जे आशा थियो त्यो आशा हराएको छ, गाँउमा सिंहदरवार आयो भन्छन्, वास्तवमा भ्रष्टाचार मात्र आएको छ । दिन प्रतिदिन रोजगारिको लागि नेपालि बेरोजगार युवाहरु विदेश जानेको लर्को छ, अहिलेसम्म कुनै पनि स्थानिय तहले बेरोजगार युवाहरुलाई रोजगार दिएर गाँउमै रोक्न सकिरहेका छैनन, केको संघीयता, गाँउगाँउमा पैसा वालाहरुले जनप्रतिनिधीसँग मिलेर कमिशन खाएर बाटो खन्न डोजर ल्याएका छन् , स्थानिय नागरिक रोजगारिको लागि बाहिर जाँदैछन् ।’

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया