अर्को वर्ष सरर गाडीमा आउछौँः अध्यक्ष सिंह

कालीकोट । पिठीउमा भारी बोकेर हिँड्ने खच्चडमार्फत सामान ढुवानी गर्ने, उकाली ओराली गरेर भिरको बाटो हिँड्नु पर्ने बाध्यता अव हट्दै जाने महावै गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले बताए । महावै गाउँपालिकाको पाद्मघाटमा सुरु गरिएको खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले २०७७ साल सम्म पालिकाको कार्यालय रहेकै स्थानमा गाडी पुर्याउने बताए ।

विगतदेखि नै सडक सञ्जालले नछोएको महावै गाउँपालिकाका वडाहरुमा ट्रयाक खोलिएता पनि यातायातका साधनहरु चल्न पाएका छैनन् । झट्ट हेर्दा सवै वडाहमा सडक खनिएको देखिन्छ । तर, पान्तडीमा निर्माण हुन लागेको बेलिव्रिज पुल नवन्दा यातायातका साधनहरु वारपार गर्न पाएका छैनन् । ठेकेदार कम्पनीको लाफरबाही र उपभोक्ता समितिको अन्योलले पुल बन्न सकेको छैन ।

महावै गाउँपालिका अध्यक्ष सिंहले यसवर्ष पुल र सडकको काम तत्कालै सूचारु गरी अर्को वर्षसम्म पालिकाका सवै वस्तीहरुमा यातायातका साधन पुर्याउने बताए । जिल्लाको महावै गाउँपालिकाका वडाहरुमा सडकको लागि निर्माण कार्य सुरु भएतापनी सडक सूचारु हुन सकेको छैन । दैलेख जिल्लाबाट महावैको लागि निर्माण सुरु गरिएको सडक सञ्जालले महावै गाउँपालिका वडा नं.४ सम्म छोएको छ ।

महावै गाउँपालिकाका स्थानिय नागरिकहरुलाई दैलेखबाट आएको सडकले केही राहत मिलेको छ । गाउँपालिकाले स्थानिय तहको चुनाव पछी महावु गाउँपालिका दैलेख र महावै गाउँपालिका कालीकोटविच दोहोरो सम्झौतामा आर्थिक वर्ष २०७४–०७५ भित्र दैलेखले महावु सम्म सडक पुर्याउने र महावु बाट महावै गाउँपालिकाको पाद्मघाट सम्म सडक पुर्याउने भनी आपसी सम्झौता भएको थियो । महावै गाउँपालिकाले पनी सडक निर्माण कार्य तत्कालै सुरु गर्र्यो । तर, पाद्मघाट सम्म सडक पुग्न भने सकेको छैन ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया