सल्यानमा जीप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

काठमाडौँ । सल्यानको फलावाङदेखि दाङ तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ४६० नम्बरको जीप त्रिवेणी गाउँपालिका ४ बडाखोलामा बिहीबार दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मुत्यु भएकाे छ । त्यस्तै सोही घटनामा आठजना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुईजनाको घटनास्थलमै मुत्यु भएको प्रहरीको भनाई छ । मुत्यु हुनेमा सोही गाउँपालिका ४ फलावाङ की ५९ वर्षीया योगी थापा र सोही ठाउँ की ५४ वर्षीया कृष्णदेवी परियार रहेको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकी रहेकाे छ ।

प्रतिक्रिया