काबुलको बम विस्फोटमा १२ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा  भएको एक बम विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या १२ पुगेको छ ।  आक्रमणमा मारिनेहरुमा तीन जना बालबालिका रहेको जनाइएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।

विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिए । शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।

गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शीले बताएका छन् । वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैनन् ।

प्रतिक्रिया