प्युठानमा बोलेरो दुर्घटनाः एकको मृत्यु

प्युठान । स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विहिवार विहान भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जाँदै गरेको बोलेरो गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परी तीन जना घाईते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृतकको सनाखत भईनसकेको स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायका स्वकिय सचिव रमेश पोख्रेलले जानकारी दिए ।

गाडी कोलवांग देखी करिब चार सय मिटर तल खसेको छ । घाईतेको प्राथमिक स्वास्थ्य चौकी भिग्रीमा उपचार हुदैछ । डाईभर फरार रहेको र घटनाबारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया