स्पेनिस सुपर कप साउदीमा हुँदै !

एजेन्सी , रियाद । नयाँ संरचनाको आधारमा हुन लागेको स्पेनिस सुपरकपको सुरुआती तीन संस्करण साउदी अरबमा आयोजना हुने भएको छ । स्पेनिस फुटबल फेडेरसनले साउदीलाई तीन वर्ष प्रतियोगिता आयोजनाको जिम्मेवारी प्रदान गरेको थियो । जसअनुसार नयाँ संरचानको पहिलो संस्करण जनवरी ८ देखि १२ सम्म हुनेछ । यसका लागि साउदीले स्पेनिस फुटबल फेडेरेसनलाई एक सय २० मिलियन पाउन्ड प्रदान गर्नेछ । साउदीले अघिल्लो सिजन इटालियन सुपर कप पनि आयोजना गरेको थियो । साउदीलाई सुपरकप अयोजना दिने निर्णयको सरकारी अधिकारी र ला लिगाले आलोचना गरेका छन् ।

स्पेन खेलकुदका जुनियर मन्त्री मारिया जोसेले महिला अधिकारको सम्मान नहुने देशमा आयोजना हुन लागेको सुपरकपलाई सरकारको सहयोग नहुने बताएका छन् । दि रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) अध्यक्ष लुइस एविएल्सले साउदीमा हुने स्पेनिस सुपरकप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन् ।

आउदो जनवरी ८ देखि १२ सम्म साउदीको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा हुने स्पेनिस सुपरकपमा चार टोलीको सहभागिता रहने छ । नयाँ संस्करणको पहिलो सुपरकपमा क्याटलान क्लब बार्सिलोना, रियाल म्याड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियाले प्रतिस्पर्धा गर्नेछन् ।
अघिल्लो सिजनको ला लिगाका शीर्ष दुई टिम र कोपा डेल रेका विजेता र उपविजेता दुई टिमले प्रतियोगिता खेल्नेछन् । यस्तै लिगको तेस्रो र चौथो क्लबसमेत प्रतियोगितामा छनोट हुन सक्नेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल जनवरी ८ मा बार्सिलोनाले एट्लेटिको मड्रिडबीच हुनेछ । जनवरी ९ मा हुने दोस्रो सेमिफाइनलमा रियल र भ्यालेन्सिया भिड्ने छन् । प्रतियोगिताके फाइलनमा जनवरी १२ मा हुने छ ।

प्रतिक्रिया