नेपालको लगातार दोस्रो हार

 

काठमाडौं । भारतको हैदरावादमा जारी यु १९ च्यालेन्जर सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । नेपाल बुधबार भारत ए सँग १ सय ७ रनले पराजित भएको हो । जितमा लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । यु १६ का कप्तानसमेत रहेका विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

एकतर्फबाट नेपालको निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट विशालले रन जोडिरहेका थिए । ४३ ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि विशालले १ सय २६ बलमा ११ चौका प्रहार गरे । पहिलो खेलमा भारत सी विरुद्ध टोलीमा नपरेका विशाल तिलक राज भण्डारीको स्थानमा बुधबार मौका पाएका थिए ।

एक सय १८.४ ओभरमा ४९–६ को कमजोर अवस्थामा रहेको नेपाललाई साताँै विकेटका लागि विशालले शेर मल्लसँग ५६ रनको साझेदारी गरेका थिए । नेपालका कुनै पनि शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन । पहिलो ओभरको चौथो बलमा कप्तान रित गौतम ५ रनमा रन आउट हुन पुगे । दुई बलपछि दशरथ कुमारले अर्का ओपनर लोकेश बमलाई शून्यमा पेभिलिएन फर्काएपछि पहिलो ओभरमै नेपाल दबाबमा परेको थियो । आठौँ ओभरको दोस्रो बलमा खडक बहादुर बोहरा ३ रनमा एलवी डब्लु आउट भए । नितेश कुमार रेड्डीले १६ ओभरको चौथो बलमा अरुण ऐरीलाई ७ र पाँचौ बलमा कुशल मल्ल शून्यमा पेभिलिएन फर्केका थिए ।

१९ ओभरको चौथो बलमा यु १९ का सर्वाधिक अनुभवी ब्याट्सम्यान हरिबहादुर चौहान शून्यमा आउट भएका थिए । प्रतिश जिसी ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा शेर मल्लले ५२ बलमा ३ चौका सहित २१ रनमा एलवी डब्लू आउट भए । आकश चन्द ३६ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।

भारतका लागि नितेशकुमार रेड्डी र समिर राजभीले समान २ विकेट लिए । त्यसअघि राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको भारत ए ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटिएको थियो । कप्तान ध्रुवचन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै धरमराई रहेको मध्यमक्रमलाई उकासेका थिए ।

एक समय २५.१ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको भारतलाई जुरेलले नितेशकुमार रेड्डीसँग छैटौँ विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ इकासेका थिए । जुरेललाई शेर मल्लले ४२ ओभरको तेस्रो बलमा एलवी डब्लु आउट गरे । नितेशले ३० रनको योगदान दिए । ओपनर यशस्वी जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । जैशवाललाई आकश चन्दले साताँै ओभरको पाँचाँै बलमा बोल्ड आउट गरे ।

१२ ओभरको अन्तिम बलमा हरिबहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । २० औँ ओभरको चौथो बलमा अर्जुनप्रसाद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहराबाट स्टम्पिङ आउट गराए । २१ औँ ओभरको दोस्रो बलमा साइ सुदर्शन ३४ रनमा रन आउटको सिकार बने । लोकेश बमले रन आउट गर्नुअघि सुदर्शनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा शेरले आकशबाट समिर राजिवीलाई १६ रनमा क्याच आउट गराए ।

उनले १५ बलमा १ चौका प्रहार गरे । ४८ ओभरको तेस्रो बलमा प्रतिश जिसीले कुमार सिंहलाई २४ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा एलवी डब्लु आउट गरे । स्पिनर शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९.२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसी र हरिबहादुर चौहानको नाममा समान १ विकेट रह्यो ।

प्रतिक्रिया