अजयलाई अक्षयको शुभकामना

मुम्बई । बलिउड अभिनेता अजय देवगन अभिनीत चलचित्र ‘ताहान्जीः द अनसङ वारियर’ मा छिट्टै सार्वजनिक हुँदैछ । अभिनेता अजयले बलिउडमा काम गरेको यो चलचित्र सयौँ हो । अर्का बलिउड अभिनेता अक्षय कुमारले यसै अवसर पारेर साथी कलाकार अजयको कामको प्रशंसा गरेका छन् । मंगलबार ट्वीट गर्दै अक्षयले यो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरे ।

उनले लेखेका छन्, ‘हामीले यो उद्योगमा एकसाथ यात्रा सुरू गरेका थियौँ । ३० वर्ष पहिलादेखि आजसम्म मैले तिमीलाई बलियो कदमका साथ अघि बढेको देखेको छु ।’ उनले चलचित्रको सफलताका लागि अजयलाई शुभकामनासमेत दिए ।

ट्वीटमा उनले लेखेका छन्, ‘ताहान्जीः द अनसङ वारियर’ बाट तपाईं शतक लगाउँदै हुनुहुन्छ । तपाईंलाई धेरै धेरै माया र सफलताको कामना । यसैगरी चम्किराख्नू साथी ।’, उक्त चलचित्रमा अजय आफ्नी पत्नी अभिनेत्री काजोलको समेत अभिनय रहेको छ । यस चलचित्रमा अभिनेता सैफअली खान, शरद केलकर तथा पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय छ । चलचित्र १० जनवरीमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया