मत-विमत

कसरी बुझ्ने गौतम बुद्धका सन्देशलाई ?

मिलन आफन्त २०७६ कार्तिक २८ गते ६:२७ मा प्रकाशित

विश्व शान्तिका अग्रदत तथा एसियाका तारा गौतम बुद्धको जन्म इ.पु. ५६१ मा नेपालको लुम्विनी स्थित कपिलबस्तुमा भएको थियो । उनको पिताको नाम शुद्धोधन थियो भने माताको नाम मायादेवी थियो । सिदार्थ जन्मेको सात दिनमै उनको आमाको मृत्यु भएकोले उनको पालनपोषण सौतेनी आमा महाप्रजापति गौतमद्वारा भयो । उनी बालकैमा टुहुरो भए पनि उनको बालककाल एकदम सुखद र विलासीपूर्ण रह्यो ।

दरबारमा हुने नाचगान र संगीतको आनन्दमा उनी डुब्थे । तर, जब उनी किशोर तथा जवान हुँदै गए , त्यसपछि उनले समाजमा धेरै प्रकारका दुःख पाएका व्याक्ति देखे । उनले रोगी, मृत्यु र बृद्ध मानिस देखे । यसले उनलाई चिन्तित तुल्यायो । उनी यस्को कारण खोज्ने तिर लागे । उनलाई मानिसको यो रूप देखीे विरक्त गरायो । त्यही विरक्तिले उनलाई भविष्यको भगवान् बनायो । तिनै भगवान् गौतम बुद्धको जीवनी स्वरूप गौतमबुद्धको जीवनका आरोह, अवरोहलाई यस लेखमा प्रष्ट्याउने जमर्काे गरिएको छ ।

जब सिद्धार्थ मानिसको भिन्न स्वरूप रोगी, मृत वृद्धदेखि चिन्तित हुन थाले त्यसपछि उनको घरमा हल्ला खल्ला मच्चिन सुरु भयो । उनको बुबा शुद्धोदन छोरा सिद्धार्थ अब साधु बन्ने भयो भनेर पिरोलिई छोराको विहे गर्दिने निधो गरे । उनको छिमेकी राज्य कोलियकी सुन्दर कन्या यशोधरासँग भव्यताका साथ विवाह भयो । उनीबाट एउटा छोरा राहुल जन्मीयो ।

उनले छोडेर गएको ज्ञानका कुरा हाम्रो सामु ताजै छ । उनको ज्ञानलाई विश्वभरीका करोडौँ मानिसहरूले आफ्नो जीवनपथको सिद्धान्त बनाएका छन् । विश्वमा उनका ठूलठूला मूर्तिहरू निर्माण गरिएको छ । विश्वभरीका बौद्ध धर्मावलम्बीहरू आफ्नो भगवान् गौतमबुद्धलाई अत्यन्तै सम्मान गर्दछन् 

तर, बुद्धमा राजसुखको चाहाना बढ्न सकेन । उनी उनको पारिवारिक जीवनदेखि सन्तुष्ट हुन सकेनन् । रोगी, मृत्यु, वृद्ध र सन्यासीको दृश्यले उनमा झन् विरक्ति बढ्न थाल्यो । फलस्वरूप आफ्नो छोरो जन्मेको दिनमा नै २९ वर्षको उमेरमा उनी रातको समयमा दरबारबाट भागेर ज्ञानको खोजमा हिँडे । त्यसपछि उनी साँचो रूपमा दुःख पाएका जनताको पक्षमा आफ्नो जीवनको समर्पण गरेको पुष्टि हुन्छ ।

दरबारको सुख सयललाई बिर्सेर जब उनी दरवार छोडेर ज्ञानको खोजीमा हिँडे, त्यसपछि उनको कष्टमय जीवनको सुरु भयो । उनी मगधराज्य अन्तर्गत उ वेला भन्ने बोधगयानजिकै ६ वर्षसम्म कठोर तपस्या, योग तथा अनसन आरम्भ गर्न थाले तर ज्ञान प्राप्त भएन, अन्न जल ग्रहण गरे । त्यसपछि बोधिवृक्षको फेदमा पुनः तपस्यामा बसे । ज्ञान प्राप्त नहुदा सम्म त्यहाँबाट नउठने निश्चय गरे, थुप्रै बिघ्नबाधा आए तर विचलित भएन्न र अन्नतः ३५ वर्षको उमेरमा ज्ञान प्राप्त भयो । ज्ञानी गौतम अनि आफ्नो ज्ञान बाँड्दै विभिन्न ठाउँमा हिडे । यहाँनेर स्पष्ट हुनुपर्ने कुरा के छ भने गौतमको कर्मथलो भारत भएपनि जन्मथलो भने नेपाल नै हो । बुद्धको जन्मथलो भारत भन्ने केही भारतीयको भनाइ गलत हो ।

ज्ञान पाएपछि उनी बनारसको सारनाथ गई ज्ञान बाँड्न थाले । उनका अनुयायीहरू पनि बढ्न थाले । जताततै उनको ज्ञानगुनका कुराको चर्चा हुनथाल्यो । उनले देवताको अस्तित्व अस्वीकार गरे, वर्ण व्यवस्था र जातिय उचनिचको भावना हटाउने क्रान्तिकारी कामको थालनी गरे । यसरी ४५ वर्ष भारतका विभिन्न ठाउँमा गई उपदेश दिए ।

यस क्रममा एकपटक आफ्ना पितामरेको खबर पाई कपिलवस्तु पनि आएका थिए । बुद्ध त्यसवेलाको समयका एक क्रान्तिकारी बिचारक थिए । आफ्नो राजसुखलाई त्यागेर उनले मानव शान्तिको मार्ग पहिल्याउने काम गरे । फलस्वरूप उनको धर्म आज नेपालबाहेक भारत, चीन, जापान, थाइल्यान्ड, बर्मा, भुटान, श्रीलंका आदी थुपै्र देशमा फैलिएको छ । उनी नयाँ पुराना कुरालाई आखाँ चिम्लेर स्वोकार नगरी विवेकको प्रयोग गर्नमा जोड दिन्थे र व्यवहारिक अनुभवको कसीमा घाटेर हेर्नुपर्दछ भन्थे ।

यस्ता महान् भगवान् तथा दार्शनिक गौतम बुद्ध आज हाम्रो सामु छैनन् । उनले त ८० वर्षमा उमेरमा सन् ६४१ मा आफ्नो प्राण त्यागेका थिए । तर पनि उनले छोडेर गएको ज्ञानका कुरा हाम्रोसामु ताजै छ । उनको ज्ञानलाई विश्वभरिका करोडौँ मानिसहरूले आफ्नो जीवनपथको सिद्धान्त बनाएका छन् । विश्वमा उनका ठूलठूला मुर्तिहरू निर्माण गरिएको छ ।

विश्वभरिका बौद्ध धर्मावलम्बीहरू आफ्नो भगवान् गौतमबुद्धलाई अत्यन्तै सम्मान गर्दछन् । नेपालमा जन्मेर विश्वभरि ज्ञानको ज्योति दिन सफल गौतम बुद्धका कारण हामी नेपाली पनि विश्वभरि गर्वका साथ चिनिन पाएका छौँ । विश्वमा आज धेरै धर्महरू छन् तर बुद्ध धर्मको पनि आफ्नै छुट्टै स्थान छ । आज हामीले बुद्ध धर्मको मूल मर्म शान्ति र सुखको मार्गलाई जो कसैले पनि मनन् गर्न सक्दछाँै र आफ्नो जीवनलाई सफल जीवन बनाउन सक्दछाँै ।

प्रतिक्रिया