महानगरलाई अख्तियारको ताकेता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडांै महानगरपालिकालाई बु्रमर खरिद, स्मार्ट पार्किङलगायतका सम्पूर्ण कागजपत्र माग गर्दै दोस्रो पटक ताकेता गरेको छ । बु्रमर खरिदमा अनियमितता, स्मार्ट पार्किङ बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको भन्दै लिखित उजुरी परेपसँगै आयोगले अनुसन्धानका लागि ताकेता गरेको हो ।

बु्रमर खरिदको प्रक्रिया र मूल्य शंकास्पद देखिएको भन्दै गत साउनमै उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले महानगरलाई साउन २८ गते पत्राचार गर्दै १५ दिनभित्र बु्रमर खरिदबारे तथ्यसहित प्रतिक्रिया माग गरेको थियो । उक्त प्रतिक्रिया चित्त नबुझेपछि अख्तियारले गत १९ गते फेरि सम्पूर्ण कागजात माग गरेको छ ।

बु्रमर किन्दा मिलेमतोमा स्पेसिफिकेसन बनाएर खरिद प्रक्रियाअघि बढाएको आंशका अख्तियारले गरिरहेको छ । आयोगले हाल स्मार्ट पार्किङ र विज्ञापन बोर्डको ठेक्का प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजातहरू महानगरसँग माग गरिएको छ । आयोगमा पहिला परेको उजुरीमा बु्रमरको मात्र विषय उठान गरिएको थियो । आयोगमा पुनः परेको उजुरीमा भने कामपाले निर्माण गरेको स्मार्ट पार्किङ, विज्ञापनलगायतका विषय उठाइएको थियो सोही आधारमा आयोगले अनुसन्धान गरिरहेको छ ।

बु्रमर किन्दा मिलेमतोमा स्पेसिफिकेसन बनाएर खरिद प्रक्रियाअघि बढाएको आंशका अख्तियारले गरेको छ । गत चैतमा झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ५ वटा बु्रमर ल्याएको थियो । पाँच बु्रमरमध्ये चारवटा १६ टन क्षमताका तथा अर्को एउटा ६ टन क्षमताको हो । गत वैशाख २६ मा बसेको काठमाडौं महानगरको ३२ औँ कार्यपालिका बैठकले ठेक्का नगरी सोझै बु्रमर किन्ने निर्णय गरेको थियो ।

महानगरले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको न्युरोड र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङ सुरु गरेको छ । न्युरोडपछि महानगरपालिकाले दरबारमार्गमा पनि स्मार्ट पार्किङ सुरु गरिसकेको छ । सो पार्किङ ठेक्का दिँदा बिनाप्रतिस्पर्धा दिएको भन्दै उजुरी परेको थियो । साथै सडकका पोलमा राखिएको विज्ञापनका बोर्डमा समेत अनियमितता भएको उजुरी अख्तियारमा परेको छ । विज्ञापन बोर्ड राख्नका लागि समेत स्मार्ट पार्किङको जिम्मा पाएको कम्पनीलाई नै दिइएको छ ।

अख्तियार स्रोतले दिएको जानकारीअनुसार स्मार्ट पार्किङ र विज्ञापन बोर्डको ठेक्का प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजातहरू महानगरसँग माग गरिएको छ ।

स्मार्ट पार्किङ, विज्ञापन बोर्डका साथै ब्रुमर खरिदका विषयमा समेत अख्तियारले कागजात मागेपछि यतिवेला महानगर कागजात भेला पार्न जुटेको छ । महानगरका प्रशासन महाशाखा प्रमुखले बखदबहादुर साउदले कागजातहरू तयार भइरहेको जानकारी दिए ।
उनले अख्तियारको पत्रपछि कागजात तयार पारिएको भन्दै सम्भवत बुधबार नै अख्तियारलाई सबै कागजातहरू बुझाइने जानकारी दिए ।

प्रतिक्रिया