शिकार खेल्न जाँदा भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शंकर राउतको गएराति झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।

रातिको समयमा साथीहरुसँग सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । मृतक राउतसहित ६ जना झगडेटारको जङ्गलमा रात्रिको समयमा सिकार खेल्न गएको बताइएको छ ।

राउतसँग कालिजको सिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार पक्राउ गरेर अहिले अनुसन्धान सुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए।

गोली लागेको विषयमा पनि प्रहरीले अनुसन्धान सरु गरेको बताएको छ । मृतक राउतको शवपरीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्या

प्रतिक्रिया