ब्राजिल सेमिफाइनलमा

एजेन्सी, ब्राजिल । घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो ।

स्टेडियो ओलम्पिको गोइउनियामा भएको खेलमा घरेलु टोलीलाई अन्तिम चारमा पु¥याउन प्याट्रिक र पेग्लोले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौँ मिनेटमा नै प्याट्रिकले गोल गर्दै ब्राजिललाई अघि बढाए । ४०औँ मिनेटमा पेग्लोले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए ।

यस्तै अर्काे खेलमा फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित निकालेको छ । फ्रान्सले एक गोलले पछि परेको स्थितिमा पुनरागमन जित निकालेको हो । गोलको वर्षा भएको खेलमा फ्रान्सका नियानजोउ कोउयसी, नाथानेल एमबुकु, इसाक लिहान्ड जि, टिमोथी पेम्वेले, जर्जिन्हो रुटर र एदिल ओउचिचेले गोल गरे । स्पेनका जर्मन भलेराले गरेको गोल सान्त्वना बन्यो ।

अब सेमिफाइनलमा ब्राजिल र फ्रान्स तथा मेक्सिको र नेदरल्यान्डबीच खेल हुनेछ । सेमिफाइनल १४ नोभेम्बरमा तथा फाइनल १७ नोभेम्बरमा हुनेछ ।

प्रतिक्रिया