मान र दिलको जोडी विजयी

काठमाडौं । प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।
मंसिरमा नेपालमै आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडीले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो ।

श्रीलंकाको नेगोम्बो बिच भलिबल कोर्टमा मंगलबार भएको खेलमा मान र दिलको जोडी श्रीलंकाको टिमसँग पहिलो सेट १९–२१ ले पराजित भएपनि उत्कृष्ट पुनरागमन गर्दै श्रीलंकाको टिमलाई दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–१३ ले पराजित गरेको हो । मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुने सागको विशेष तयारी तथा मैत्रीपूर्ण खेलका लागि नेपाली बिच भलिबल टिम श्रीलंकामा रहेका छन् । पुरुष बिच भलिबलमा नेपालका मान बहादुर श्रेष्ठ, दिल सुनार, सञ्जु विक्रम शाह र राजु विक रहेका छन् ।

प्रतिक्रिया