आरएमडिसीको लेखा ब्यवस्थापन तालिम

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय इटहरीको आयोजनामा लेखा तथा अभिलेख व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । उक्त तालिम मिति ०७६ कार्तिक २४—२६ गतेसम्म संचालन भएको थियो ।

तालिममा आरएमडिसीे इटहरी शाखाको कार्यक्षेत्रभित्रका ११ जिल्लामा रहेका २८ वटा सहकारी संस्थाहरूको लेखापाल तथा सहायक व्यवस्थापकस्तरका २९ जना कर्मचारीहरूको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षकले लेखाको सिद्धान्त, भौचरको तयारी, लेजर खाता, चार खाता, सन्तुलन परीक्षण, नाफा नोक्सानखाता, वासलत, सानो नगदी कोष, मसलन्द मौज्दात व्यवस्थापन, बैक हिसाब मिलान, नाफा नोक्सानको बाँडफाँड, नगद प्रवाह विवरण र सम्पत्ती खाताको विषमा जानकारी दिइएको थियो ।

त्यस्तै, सम्पत्तिको वर्गीकरण, ह्रासकट्टी, कर्जा वर्गीकरण, सहकारीमा आयकरको गणना, श्रोतमा कर कट्टी, कर दाखिला सम्बन्धी छलफलका साथै वित्तीय सूचकहरूको बारेमा छलफल, गणनाविधि र विश्लेषणबारेमा छलफल तथा अभ्यास गराएका थिए ।

प्रतिक्रिया