ओयोको पहिलो टिभी अभियान

काठमाडौं । ओयो होटेल्स् एन्ड होमस्, भारत तथा दक्षिण एसियाकै सबैभन्दा ठूलो, विश्वकै दोेस्रो ठूलो र सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेयानचाईज होटेल्स, घरहरू, आवास र कार्यक्षेत्रको शृंखलाले आज नेपालमा दर्शक तथा अतिथिहरूका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ ।

‘ओयो रहनुस् बिन्दास’ नारा सहित यो टिभी कमर्सियलले देशमा अतिथि तथा सम्पूर्ण पर्यटकहरूका लागि ओयोको बलियो उपस्थीति र गुणस्तरीय आवासको सहज पहुँचमा प्रकाश पारेको छ । सबैका लागि जहाँ पनि ओयो छ भन्ने सन्देश यसले प्रवाह गरेको छ ।

भिडियोमा नेपालको लोकप्रिय अभिनेत्री वर्षा राउत र उनको श्रीमान अभिनेता संजोग कोइरालाले अलग–अलग टिभिसीमा मुख्य भूमिका निर्वाह गरेका छन् र व्यापक दर्शकहरूलाई लक्षित गर्दै यो टिभीसी नेपाली तथा अंग्रेजी उपशीर्षकमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया