युनाइटेड इन्स्योरेन्सको साधारण सभा

काठमाडौं । युनाईटेड इन्स्योरेन्सको आर्थिक वर्ष ०७४-७५को २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाकम्पनीका संचालक समिति अध्यक्ष भरतबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सभामा विभिन्न प्रस्तावहरू र विशेष प्रस्ताहरूमा छलफल गरि पारित गरिएका छन् ।

प्रस्तावहरूमा आव ०७४-७५वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगद प्रवाहको विवरणलगायत वित्तीय विवरणहरू पारित गर्दै आगामी आव ०७५-७६ को लागि लेखा परीक्षकमा मदन निरौला एन्ड कम्पनीलाई नियुक्त गरिएको छ ।

त्यसैगरी, विशेष प्रस्तावको रूपमा पेस भएको सञ्चालक समितिको संरचनामा सातजना सञ्चालक सदस्यहरू रहने गरि कम्पनीको विनियमावलीमा संशोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरूसँग एक आपसमा गाभ्ने-गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्नलगायत मर्जरसम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको छ ।

प्रतिक्रिया