नेपालको लज्जास्पद हार

काठमाडौं । यु–१९ च्यालेन्जर्स कप एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपाल यु–१९ ’ए’ टिम १० विकेटले पराजित भएको छ । भारतको हैदराबाद क्रिकेट संघको मैदानमा भएको खेलमा नेपालले दिएको ११७ रनको लक्ष्य भारत ‘पहेँलो’ टिमले २१.१ ओभरमा विना कुनै विकेटको क्षतिमा पूरा ग¥यो । भारत पहेँलोका लागि अर्जुन आजादले ६७ रनको योगदान दिए भने दिभ्यान्स सक्सेनाले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । टस जितेर ब्याटिङ रोजेको नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक २६ रनको योगदान गरे । उनले २९ बलमा ४ चौका प्रहार गरे । यसअघि ओपनर तथा कप्तान रित गौतम ५ रनमै आउट भएका थिए । अर्का ओपनर लोकेश बम र तेस्रो नम्बरमा आएका खडकबहादुर बोहोराले समान १० रन जोडे । अरूण ऐरीले १३ रन बनाए ।

शेर मल्ल १४, प्रतिश जिसी ११, हरिबहादुर चौहान ७ र आकाश चन्द ४ रनमा आउट भए । सागर ढकालले पनि ४ रनमात्र जोड्न सके । नेपालले १० अतिरिक्त रन पाएको थियो । बलिङतर्फ भारत ‘सी’ टिमका चिन्तला रक्षम रेड्डी, विद्याधर सोमसेखर पाटिल, शुभांग हेगडे, मुज्तवा युसुफ र रवि रोशन सिंहले समान २÷२ विकेट झारे ।

प्रतिक्रिया