रमा पुरस्कृत

काठमाडौं । नेपाली साहित्यमा योगदान दिएको भन्दै साहित्यकार तथा शिक्षासेवी रमा शर्मालाई पुरस्कार प्रदान गरिने भएको छ । शर्मालाई यस वर्षको ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापित ‘हरि–अभिनव विद्वत् पुरस्कार’ प्रदान गरिने भएको हो ।

अभिनव साहित्य समाजले प्रत्येक वर्ष कात्तिक महिनामा प्रदान गर्दै आएको छ । तीस हजार राशि र ताम्रपत्रसहितको सो पुरस्कार ३० कात्तिकमा वितरण गरिने समाजका अध्यक्ष साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ ले जानकारी दिए ।

उनले पिता हरिप्रसादको स्मृतिमा सो पुरस्कार स्थापना गरेका हुन् । समाजले प्रत्येक महिनाको अन्तिम शनिबार जोरपाटीमा साहित्यिक गोष्ठी आयोजना गर्दै आएकोमा त्यस दिन पनि कवि गोष्ठी गर्ने जनाइएको छ ।

प्रतिक्रिया