एनसेलद्वारा १४ सुपर सेलरलाई पुरस्कार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाकापहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)/ खुद्राबिक्रेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । खुद्रा विक्रेताहरुले एक कार्यक्रममाझ सोमबार सुन, ल्यापटप, माउन्टेन बाइक र वासिङ्ग मसिन पाएका छन् । रिजन डेरी (बसपार्क), ओम साई रामकम्युनिकेसन (मनमैजु), सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), एमके स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजना अन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन् । यीपिओएस/ खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समुहअन्तर्गत सुन पुरस्कार जित्न सफल भएका हुन् ।

सिल्भर समुह अन्तर्गत चार खुद्रा बिक्रेताहरु राना स्टोर (मिलन टोल), एन.बि.टी मोबाइलमर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी) र बिकी इलेक्ट्रोनिक्स् (इमाडोल) ले माउन्टेन बाइक साइकल जित्न सफल भएका छन् । त्यस्तै न्यू कन्काई स्टोर (नयाँबानेश्वर) र सरस्वती खाद्य स्टोर (भैंसेपाटी) ले १—१ थानल्यापजित्न सफलभएका छन् । यसै समुह अन्तर्गत दामोदर फ्रेम पसल (बालाजु) ले वासिङ्ग मसिन जितेका छन् । यस योजना अन्तर्गत यी १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछाने, कलाकार प्रियंका कार्की र गायक शिव परियारले संयुक्त रुपमा सोमबार पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया