रावा बैंकले खोल्यो सुदूरपश्चिम प्रदेश कार्यालय

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय कैलालीको धनगढीमा उद्घाटन गरेको छ । । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै एक समारोहका बीच सोमबार उ्दघाट्न गरे । उक्त अवसरमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताए ।

साँथै, उनले सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ सेवा प्रवाहका लागि ‘सेवा सहितको नाफा र नाफा सहितको सेवा’ प्रवाहमा ध्यान दिनुपर्ने बताए । बैंकले गत आव ०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया रहेको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ ।

प्रतिक्रिया