गोर्खाज फाईनान्स २५औं बर्षमा, पुग्यो ८६.७९ करोड चुक्ता पूँजी

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २५औं बार्षिकोत्सव मनाएको छ । २०५१ साल कार्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो काठमाण्डौ फाइनान्स को नामवाट २ करोड चुक्ता पूँजीबाट सुरु भएको संस्थाको हाल आएर ८६ दशमलव ७९ करोड चुक्ता पूँजी पुगेको छ । काठमाण्डौ फाइनान्स र गोर्खा बिकास बैंक एक आपसमा गाभिएर २०७२ साल चैत्र २८ गते गोर्खाज फाइनान्स लिमिटेड भएको हो ।

सो कार्यक्रममा फाइनान्सका अध्यक्ष यादवचन्द्र राईले संस्थागत सामाजीक उत्तर दायीत्व अन्तर्गत सेतिदेवी प्रावि लाई सहयोग स्वरुप ५० हजारको चेक हस्तान्तरण गरे । साथै, भिमसेन गोला माबिलाई ३५ हजार मूल्य बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरे । उक्त कार्यक्रममा फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङले अब गोर्खाज फाइनान्स लिमिटेड फाइनान्स कम्पनीहरुमा उत्कृष्ट फाइनान्स कम्पनी बनाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया