नेकपा सचिवालय बैठकः केन्द्रीय निकायमा अध्यक्ष र सचिव चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकता अन्तरगत बाँकी रहेका विभिन्न निकायको नेतृत्व चयन गरेको छ ।

केन्द्रीय निकाय अन्तरगत अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकाया, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवामा माधव पौडेल तथा लेखा परिक्षण आयोगको अध्यक्षमा पुष्प कंडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेकाे छ ।

त्यसै गरी केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा रहेका छन् भने जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाइ र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएकाे छ ।

प्रवासमा पार्टी कमिटी गठन नगर्ने यसअघि निर्णय भैसहेको जानकारी दिदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने विषयमा भने गम्भीर छलफल भैरहेको जनाएका छन् ।

प्रतिक्रिया