नेपाल इरानसँग स्तब्ध

काठमाडौं । नेपाल इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो खेलमा इरानसँग ४–० ले पराजित हुँदा नेपाल छनोट प्रतियोगितबाट बाहिरिएको छ । पहिलो खेलमा युएईसँग फराकिलो हार ब्यहोरेको नेपाल दोस्रो खेलमा आयोजक इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । छनोट बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन नसक्दा नेपालले अन्तिम १३ मिनेटमा चार गोल सुम्पिएको हो ।

पीएएस रंगशालामा शुक्रबार पहिलो हाफ गोल रहित बराबरी खेलेको नेपाली टोलीले दोस्रो हाफको अन्तिम १३ मिनेट सम्हालिन नसक्दा अंक गुमाउन पुगेको हो । पहिलो गोल खाएसँगै असन्तुलित बनेको नेपाली टोलीको फाइदा उठाउँदै इरानले त्यसपछि थप तीन गोल गर्दै जित सुनिश्चित गरेको थियो ।

खेलको ७७औँ मिनेटमा मोहमद महदी अहमादीले गोल गर्दै घरेलु टोली इरानको खाता खोलेका थिए । ८५औँ मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० मा पु¥याएका थिए । त्यसपछि पनि इरानको लयलाई नेपाली टोली रोक्न सकेन् । लगातार आक्रमण गरेको इरानले ८६औँ मिनेटमा तेस्रो गोल ९० औँ मिनेटमा एरिया बार्जेगरको गोलबाट ४–० को जित सुनिश्चित ग¥यो । जितसँगै समूह डी को इरानले २ खेलमा ६ अंक जोडेको छ । इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंकविहीन छ । लगातारको हारसँगै नेपाल तालिकामा अंकविहीन भएको छ ।

छनोट आफ्नो पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ३–० को नतिजा सुम्पिएको थियो । शुत्रबार सुखद नतिजाका लागि मैदान उत्रिए पनि पाएका राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा घरेलु टोलीलाई अंक सुम्पिन बाध्य भएको हो । घरेलु टोली इरानले भने पहिलो खेलमा पाहुना टोली किर्गिस्तानलाई ३–० ले पराजित गर्दै छनोट खेलमा सुखद सुरुआत गरेको थियो ।  कठिन प्रतिद्वन्द्व मानिएको टोली विरुद्ध नेपालले करिब ८० मिनेट सन्तुलित प्रदर्शन गरे पनि सुखद निकाल्न असफल रह्यो । रेजिन सुब्बाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेल आइतबार किर्गिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया