जेबी र पुर्णकलाको आवाजमा ‘सम्बन्ध’

काठमाडौँ । गायक एवं सर्जक जेबी ओलीले नयाँ सांगीतीक कोसेली ‘सम्बन्ध’ नामक गीत बजारमा ल्याएका छन् । ओलीले थुप्रै गीतहरु बजारमा ल्याइसकेका छन् ।

उनका सफल गीतहरु ठमेल बजारमा, दाङ घोराही तुलसीपुर, चौतारीको पिपल ढलेको, पैसा कमाउने लगायत छन् । बिभिन्न शंका र उपशंकाले गर्दा बलियो सम्बन्ध पनि बिग्रन सक्छ भन्ने उद्देश्यले सम्बन्ध जोगाउँन उक्त गीतमार्फत सन्देश दिन खोजेको ओलीले बताए ।

गीतमा ओलीलाई गायिका पूर्णकला बिसीले स्वरमा साथ दिएकी छन् भने लय तथा शब्द गायक ओलीकै रहेको छ । सोही गीतको भिडियोमा मोडल महेन्द्र गौतमलाई पुजा पराजुलीले अभिनयमा साथ दिएकी छन् । भिडियोलाई निर्देशन रेशम सापकोटाले गरेका छन् भने छायांकन दिनेश मुस्कान र सम्पादन रोशन धितालले गरेका हुन् ।

प्रतिक्रिया