फुकोट हाइड्रोपावर डिपिआर अन्तिम चरणमा

कालिकोट । नेपाल सरकारको स्वामित्वमा रहेको विद्युत् आयोजना नामक कम्पनीले २०७४ फागुनदेखि डिपिआरअन्तर्गत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातावरणीय र सम्भाव्यता अध्ययनको काम गरिरहेको छ ।

कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–३ लुईआँटा र रास्कोट नगरपालिका शान्तिघाटको विचमा पर्र्नेे ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावर जलविद्युत् आयोजनाको डिपिआर निर्माण अन्तिम चरणमा पुगेको छ । शान्नि त्रिवेणि गाँउपालिकाका सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.५ किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको आयोजनाका प्रमुख हिरामान वाईबाले जानकारि दिए ।

उनका अनुसार, अफिसको लागि स्थानियसँग जग्गाको सम्झौता भइ जज्गाको मुआब्जा वितरणसमेत गरिसकेका छन् । अव विद्युत सव स्टेशनका लागि मात्र जग्गा मुआब्जा विषयमा विवाद छ । त्यो पनि स्थानियसँग वसेर टुंगो लगाएर काम सुरु गर्ने बताए । आयोजनाको डिपिआरको काम आगामी मंसिर मसान्तसम्म पूरा हुने आयोजना प्रमुख वाईबाले बताए ।

‘आयोजनाको हालसम्म फिजिबिलिटी रिपोर्ट तयार भएको, ड्राफ्ट डिटेल्ड डिजाइन, ड्राफ्ट टेन्डर डकुमेन्ट प्राप्त भएको, प्यानल अफ एक्स्पर्टस्बाट रिभ्यू भएर कमेन्ट प्राप्त भएको छ,’ वाइबाले भने, ‘टिओआर र स्कपिङ डकुमेन्ट स्वीकृत भएको तथा ड्राफ्ट इआइए रिपोर्ट प्राप्त भएको, कोर ड्रिलिङ र टेस्ट अडिटको काम पनि अन्तिम चरणमा पुगेको छ ।’

सिस्नेगडाबाट ११ किलोमिटर उत्तर–पश्चिममा रहेको भौँतेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट जमिन छेडेर सुरुङमार्फत भौतेगडामा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरिने बताइएको छ ।

राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न माग

प्रभावित जिल्ला र क्षेत्रका सांसद र स्थानिय जन प्रतिनिधिहरुलेले फुकोड हाइड्रोपावर जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न ऊर्जामन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । विषेश गरि मुख्यमन्त्री महेन्द बहादुर शाहिले कर्णालीकै गौरवको आयोजनाको शुचिमा राख्न उर्जा मन्त्रीसामु आग्रह गरिएको छ ।

४ सय ८० मेगावाट क्षमताको उक्त आयोजनाको हालसम्मको प्रगति, कामको समिक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका विषयमा मुख्मन्त्री शाहिले फुकोट हाइडोलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गरेर काम अघि बढाउन मन्त्री पुनलाई आग्रह गरेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि सारेका २१ आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरेको भए पनि फुकोट जलविद्युत् आयोजनालाई छुटाइएको भन्दै मन्त्री पुनको ध्यानाकर्षण गराएका छन् । राष्टिय सभा सदस्य जिवन वुढाले चाँडोभन्दा चाँडो फुकोटहाइडोको डिपिआरको काम पूरा गरेर राष्ट्रिय गौरवको आयोजनाका रुपमा काम अघि बढाइनुपर्ने बताए ।

‘फुकोट हाईड्राेपावर जलविद्युत् आयोजना सरकारको गौरवको आयोजनाको सूचीमा समावेश हुने र काम अघि बढ्ने अपेक्षा थियो,’ प्रर्भावित क्षेत्र रास्कोटनगर प्रमुख काँशिचन्द्र वरालले भने, ‘त्यसो हुन सकेन । अब डिपिआरको काम चाँडो पूरा गर्दै गौरवको आयोजनामा समावेश गरेर काम सुरु गर्न मन्त्रीलाई आग्रह गर्दछौँ ।’

फुकोट हाइडो«पावर आयोजना संघीय, प्रदेश र स्थानीय सरकारको चासो र अपनत्वको विषय भएकाले तीनवटै सरकारको अपनत्वलाई पुँजीकृत गरेर आयोजनाको काम गर्न सकिने अवसर रहेको उल्लेख गरे । ‘यो आयोजनाले टेक्निकल्ली, सोसिअल्ली र इकोनोमीकल्ली देशलाई हित गर्छ,’ वरालले भने, ‘त्यही भएर हामीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राख्नुपर्छ ।’

फुकोट हाइड्रोपावरले रास्कोट नगरपालिकाको आधा भु –भाग, शान्नि त्रिवेणि गाँउपालिकाको आधा भु –भाग, पचालझरना गाँउपालिकाको केहि भाग, आँडाचक्र नगरपालिकाको आधा भाग र नरहरिनाथ गाँउपालिकाको केहि भु –भाग प्रर्भावित क्षेत्रमा प्रर्ने भएको छ । बढिजसो रास्कोट र शान्नित्रिवेणि गाँउपालिका वढिनै प्रभावित क्षेत्र हुने छ । जिल्लामै एकमात्र मोदमार ५ सय किलो वाट विद्युतले जिल्लामा पुगअपुग धानिरहेको अवस्थामा फुकोट आइडोले जिल्लालाई मात्र होइन छिमेकि जिल्ला हरुलाई पनि ठूलो सहयोग हुने छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया