प्रवासमा साहित्यिक जमघट

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसर पारेर कवितावाचन प्रतियोगिता सम्पन्न भएको छ । अमेरिकाको विस्किान्सिन राज्यको राजधानी म्याडिसनस्थित कोनवेनट प्रेसवाइटेरियन चर्चमा भएको कार्यक्रमको नेपाल अमेरिका मैत्री संघ (नाफा) ले आयोजना गरेको हो । उक्त कार्यक्रमको संयोजन मित्र पौडेलले गरेका थिए भने कार्यक्रमको सभापतित्व अविमन पसछेंले गरे । कार्यक्रमा प्रमुख अतिथि मदन पुरस्कार विजेता साहित्यकार निलम कार्की निहारिका थिइन् भने विशिष्ट अतिथिका रूपमा नाफाका शिक्षा तथा संस्कृति समिति संयोजक डिनार श्रेष्ठ थिए । उक्त कार्यक्रममा कविता वाचनलाई बालकविता वाचन र खुला कविता वाचन गरी छुट्याइएको थियो ।

प्रतियोगितात्मक कार्यक्रमको प्रायोजन विजय मल्ल साहित्य पुरस्कार तथा कृष्णदास साहित्य पुरस्कार गुठीले गरेका थिए । कार्यक्रममा विजय मल्लकी सुपुत्री वन्दना मल्ल तथा कृष्णदास मल्लका सुपुत्र नारायणदास मल्लले पुरस्कार स्थापनाको औचित्यबारे आफ्नो धारणा राखे । प्रतियोगिताको निर्णायकमा प्रा.डा. कृष्णहरि बराल, डा. महेश पौडेल तथा साहित्यकार बिमला तुम्खेवा रहेका थिए । कार्यक्रममा बोल्दै निलम कार्की निहारिकाले महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा विजय मल्लले नेपाली साहित्यमा दिएको योगदान र तिनको जीवनीका बारेमा धारणा राखेकी थिइन् ।

त्यसैगरी नाफा लाइफ टाइम एचिभमेन्ट अवार्ड कृष्ण प्रधान र उनकी पत्नी विष्णु प्रधानलाई प्रदान गरियो । यसैगरी सगरमाथा प्रज्ञा पुरस्कार अमेरिकामा नेपाली बालबालिकालाई नेपाली भाषा र शिक्षामा योगदान पु¥याएकी अर्चना धाख्वालाई प्रदान गरियो । यसैगरी नाफा छात्रवृत्ति प्रसुन गुरागाईं तथा अरत द्वालाई दिइएको थियो ।

प्रतिक्रिया