मेरो देशको नक्सा

तेजविलास अधिकारी

किन ठूला बा
मेरो देशको नक्सा
निरन्तर–निरन्तर
फेरिएको ?
किन हो दुब्लाएको
मैले बुझ्ने गरी
भाइले देख्ने गरी
बहिनीले घुम्न पाउने गरी
खै ! प्रष्ट रेखा
किन ?
किन हो ठूलो बा
बोल्न नसकेको
गर्न केही नसकेको
निर्णय गर्न बसेका
भत्ता तलब बुझेका
केही बोल्दैनन् नि !
हो केही गर्दैनन् नि
मेरो देशको नक्सा
खुम्चिँदा खुम्चिँदै
कत्रो बाँकी रहला
कम्तिमा अनुजलाई
दिए जानकारी
पछिल्लो पुस्तालाई
खोज्दथ्यो कि युवा
नयाँ बाटो ।
मेरो प्रश्नको उत्तर
चाहियो तत्काल
ठूलो बा !
कहिलेदेखि सर्दैन
नक्सा मेरो देशको
कहिले सुरक्षित हुन्छ
सीमा मेरो
नआत्तिई
मेरो प्रश्नको उत्तर
मलाई चाहियो ठूलो बा !
चाहियो, चाहियो
अर्काको अकारण फैलावट
अनावश्यक बिस्तार
मेरो आँखा देख्न÷हेर्न
सक्दैन ठूला बा
मलाई जवाफ
चाहियो
तुरुन्तै चाहियो
ठूलो बा !

 

प्रतिक्रिया