‘भनन भन’ मा पुष्प र आँचलको रोमान्स (भिडियो सहित)

काठमाडौँ । गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको नयाँ गीत ‘भनन भन’को भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीका संगीत र रहेको उक्त गीतमा गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको छ ।

गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको रुपमा देखाउन खोजेका छन् । माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ । डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।

https://youtu.be/ImzZ-LNiHcs

 

प्रतिक्रिया