‘भष्ट्राचारमुक्त राज्य बनाइने’

बझाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  आयुक्त डा.गणेशराज जोशीले भष्ट्राचारमुक्त राज्य संरचना निर्माणमा जोड दिइने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयद्वारा शुक्रबार बझाङ सदरमुकाम चैनपुरमा आयोजित भष्ट्राचार नियन्त्रण र सुशासन प्रर्वद्धनमा आख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै आयुक्त जोशीले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै आयुक्त जोशीले सार्वजनिक पद धारण गरेको व्यक्ति निजी वा व्यक्तिगत फाइदाका लागि सार्वजनिक सम्पति पद, शक्ति र स्रोतको दुरुपयोग गर्ने जो कोहीलाई पनि आयोगले दायरामा ल्याउनेसमेत जानकारी दिएका छन् । किर्ते जालसाँची गर्ने, अधिकारको दुरुपयोग गर्ने, राजस्व चुहावट गर्ने, घुस लिने र दिने, गैरकानुनी रूपमा व्यवसाय गर्ने जोकोही व्यक्ति भष्ट्राचारी ठहर हुने भएको छ ।

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, सञ्चारकर्मीलगायत आमसरोकारवाला निकायको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रम समय सान्दर्भिक रहको बताइन्छ । हाम्रो चाहना स्वच्छ पारदर्शी र भष्ट्राचारमुक्त राज्य संयन्त्रको स्थापना भन्ने मूलनारा बोकेको अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयका प्रमुख, बाबुराम खतिवडा, सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । ०४७ सालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएपछि देशमा मौलाएको भष्ट्राचार नियन्त्रण हुँदै आएको समेत कार्यक्रममा जानकारी प्राप्त भएको छ । गत आव यता देशमा १४ हजार २ सय ११ वटा उजुरीहरू फस्र्याेट गरिएको आयोगका अधिकारीले जानकारी दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयले आव ०७६÷७७ को असोजसम्म ४ हजार ३ सय २७ वटा मुद्दाहरू फस्र्योट गरेको जनाइन्छ । सोही अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयमा बझाङ जिल्लाबाट २ सय ८८ वटा उजुरी परेको र ती मध्ये २ सय १० वटा उजुरी फस्र्याेट भइसकेको आयोग कञ्चनपुर कार्यालयका प्रमुख, बाबुराम खतिवडाले जानकारी दिएका छन् । जसमध्ये २ सय ३ वटा उजुरी बेनामी रहेको समेत आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ । अन्तरक्रिया कार्यक्रममा आयोगका पदाधिकारीहरूले अख्तियार आयोगका शाखाहरू विस्तार गर्ने, अनुसन्धान प्रक्रियालाई बढुवा दिने र प्रत्येक जिल्लामा नागरिक निगरानी संस्था गठन गर्ने तयारी भइरहेको समेत जानकारी दिएका छन् अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले देशमा मौलाएको भष्ट्राचार निर्मुल पार्न आयोगलाई थप सुझाव तथा सल्लाहसमेत दिएका छन् ।

०००

प्रतिक्रिया