सिटिजन लाईफले ल्यायो नयाँ जीवन बीमा योजना

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन शुभारम्भ जीवन बीमा नामक नयाँ योजना नेपालीहरु माझ प्रस्तुत गरेको छ । सञ्चालक समिति सदस्यहरु मनोज कार्की तथा दिपप्रकाश पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ब्राण्ड एम्बेसेडर द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको उपस्थितिमा उक्त योजना ग्राहकहरुको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो ।

बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बीमाङ्क रकमको बीमा गर्न सकिने सो बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गरी बीमितहरु लाई डबल सुरक्षा प्रदान गर्दछ । यस योजना मार्फत बीमितले साधारण मृत्युमा बीमांकको डबल रकम र दुर्घटना मृत्युमा बीमांकको तीन गुणा रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बीमाशुल्क छुट लाभ, मासिक आयलाभ, काजक्रिया खर्च सुविधा तथा ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

यसरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी संचालनको छोटो समयमा नेपाली लाइफ इन्स्योरेन्स कम्पनीहरु माझ आफ्नो उपस्थिती सशक्त बनाउन सफल भएको छ । नेपालभर फैलिएको सिटिजन लाईफ इन्स्योरेन्सले १०० वटा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया