मत-विमत

फलफूल खेतीमा राज्यले गर्न सक्ने क्रान्ति

गेली शेर्पा २०७६ कार्तिक २२ गते ६:३५ मा प्रकाशित

नेपाल भौगोलिक तथा वातावरणीय हिसाबले विश्वकै अनुपम सुन्दर विविध हावापानी र छ वटा मौसम भएको देश हो । यहा पृथ्वीका हरेक किसिमका रूख बोटविरूवा वनस्पति, जडिबुटी र फलफूलहरू पाइन्छ र आधुनिक पद्धतिबाट खोज अनुससन्धान गरि योजनाबद्ध तिरकाले वैज्ञानिक पद्धतिबाट विकास गर्न सकेमा यो माटोमा के फल्दैन र ? अत्यन्तै बहुमूल्य जडिबुटी, रूख, वनस्पतिहरू पाइने देश यो अरू विश्वमा कहीँ नपाइने रूखहरू पाइन्छ लप्सी, बुद्धचित्त, यार्सागुम्बा, अगरउडलगायत कयांँ रूख वनस्पतिहरू यहाँ मात्रै पाइन्छ । यहाँ जेजति पाइन्छ ति सारा चिजहरू अरू देशमा कतै पाइन्न । आधुनिक कृषी पद्धतिलाई आर्थिक पद्धतिसँग जोडेर खोजअनुसन्धान गरी फलफूल खेतीलाई व्यवसाय बनाउन सके यो धरातल हावापानी र माटोमा नफल्ने केही नै छैन ।

यसको औद्योगिक विकास गर्न सके देशको आयात घट्ने मात्रै हैन आर्थिक विकासमै कायापलट गर्न सकिन्छ । नेपालको हिमाल, पहाड र तराई (मधेस) मा संसारको कुन फल फल्दैन ? कुन फूल फुल्दैन कुन वनस्पति र खेतीपाती नहोला तर वैज्ञानिक तरिकाले विकास गर्न नसक्दा आज हामीहरूलाई प्रायः सबै देशहरूले छोडेर अघि बढेका छन् । विडम्बना यति सानो मुलुकमा यस्ता हजाराँै सम्भावना भएर पनि हामी गरिब छौँ युवा सबैजसो घर–परिवार छाडेर विदेसिन बाध्य छन्, जमिन बाँझो छ मानिस बेरोजगार छन् सरकार मुकदर्शक छन्, विदेशीहरू खिस्याउँदै हाँस्दछन् भन्छन् नेपाल सुनको कचौरा बोकेर हीराको उज्यालोमा भिख माग्ने देश हो, कठै ।

चोरै चोर भ्रष्ट डाका माफियाको देश जस्तै पो छ । विकास भन्ने शब्द रटेका छन् सबैले, तर विकास कसरी हुन्छ ? विकास भनेको के हो ? के–के कुरालाई विकास भनिन्छ ? प्रायःलाई थाहा छैन । ठेकेदारले वनाउँदै गरेको पिच बाटो र आइएनजिओले बाँडेका समान विकास हो ? के हो विकास ?

आर्थिक समृद्धिका कथा
सरकार सुको लगानी नगरी कुनै कुरा उत्पादन नै नगरी जनतालाई कर मात्रै उठाएर सुखी नेपाली खुसी नेपालीको नारा घन्काइरहेछ । अचम्म लाग्छ ताजुब लाग्छ लगानीविना उत्पादन कसरी ? उत्पादन नगरी रोजगारी कसरी ? उत्पादनविना नाफा कसरी ? विना पैसा गरिबीमा खुसी कसरी ? खुसीविना सुख कसरी ? उत्पादन खै ? लगानी खै ? प्रविधिका विकास खै ? मास प्रोडक्सनविना प्रतिसपर्धी बजारमा मूल्य र बजार कसरी ? आर्थिक पद्धतिका विभिन्न नियम र चक्र हुन्छ एक आर्कामा परिपूरक हुन्छ । आर्थिक नियमको सिद्धान्त हुन्छ ? अनेक वैज्ञानिक कारण दर्शन र प्रविधि सबै हुन्छ । सक्सेस हुन वा सफलता पाउन धेरै मिहेनत गर्नुपर्छ देश समृद्ध वनाउने कुरा चुट्किला हैन ।

कहिलेकाँही यसो विचार गर्छु अन्य देशको प्रगति र चमत्कारहरू हेर्छु लाग्छ, लाग्छ आजभन्दा अगाडि यो देश जोकर चंखेहरूले पो चलाएका रहेछन् । बुद्धिमान मानिसले चलाएको देश यस्तो हुँदैन । बौद्धिकता मरेको देश, मास्टर प्लान, योजना, भिजन, राम्रो निति–नियम, कानुन, प्रविधि, शिक्षा चेतना आदी केही नभएको ज्ञान विज्ञान मरेको देश आहा कठै बाँचेको पो रहेछ । पुर्खाले जोगाइराखेको यो सानो स्वर्ग कति गरिब भा हो विदेशमा भएका सबै नेपाली आउँने हो र देश यही पाराले चल्ने हो भने छ महिनामा हाहाकार हुन्छ देश खान पाउँदैन भोकै मर्नुपर्छ भने कति कहालीलाग्दो अवस्थामा छ देश ।

फेरि म त देख्छु यहाँ त अथाह सम्भावना नै सम्भावना ति सम्भावनाहरूले हामीहरूलाई गिज्याइरहेछ । यहाँ त कुनै खोज अनुसन्धान नै छ्रैन सामान्य मौलिक ज्ञानसमेत छैन कतै कुनै कुरामा सब हचुवा र घिचुवा मात्रै छन् । चोरै चोर भ्रष्ट डाका माफियाको देश जस्तै पो छ । विकास भन्ने शब्द रटेका छन् सबैले, तर विकास कसरी हुन्छ ? विकास भनेको के हो ? के–के कुरालाई विकास भनिन्छ ? प्रायःलाई थाहा छैन । ठेकेदारले बनाउँदै गरेको पिच बाटो र आइएनजिओले बाँडेका सामान विकास हो ? के हो विकास ? कोसँग छ यस्को रोडम्याप वा खाका ? भिजन मास्टर प्लान खै के छ ? इन्टेलिजेन्ट खै एक्सपोर्ट खै को हो ? प्रधानमन्त्री र मन्त्रीहरूलाई देश दुनियाँ चलाउन र विकसित देश बनाउन सल्लाह दिने सल्लाहकार कस्ता वैज्ञानिक विद्धानहरू छन ? त्यसै बन्छ देश । बन्दैन अहः कहिल्यै बन्दैन यसरी त हजारौ बर्षपछि पनि नेपाल अरू देश भन्दा पछि नै हुन्छ ।

युवा विदेश जाने र प्राकृतिक स्रोतसम्पदा त्यत्तिकै खेर जाने, रूख ढलेर जाने, पानी बगेर जाने, खानी लडेर जाने, हावा उडेर जाने, घाम अस्ताएर जाने र देश दिनानुदिन गरिब कंगाल बन्दै जाने सम्पूर्ण कुरामा पर निर्भर हुँदै जाने सबै थोक जाने मात्रै तर युवाहरूले रगत पसिना र लाससँग साटेको रेमिटेन्स मात्रै आउने मेरो देश, यस्तै आदी–आदी, के–के कुरा गर्नु । यसो सम्झँदा कहिले लाज लाग्ने, कहिले रिस उठ्ने, कहिले विद्रोह जन्मने र फेरि आसा पलाउने देश मेरो नेपाल ।

गरिबीमा छट्पटिएर युवाहरू, वैज्ञानिक विद्धानहरू रुँदै सारा सृष्टि माया मारेर मुग्लान भासिएको र तिनैको रगत पसिनाको रेमिटेन्सबाट चलेको मेरो कंगाल देश नेपाल, कठै यो अवस्थाको अन्त्य अब कसरी गर्ने ? यो सरकारको पालाबाट सुरु गर्नुको कुनै विकल्प छैन जस्तो लाग्छ तर खै कतै पारा नै देख्दिन म । यो त अवसर हो देश वनाउने तर सरकार त काण्डै काण्डमा रूमलिएको पो छ । विकास समृद्धिको त कुरै छैन चर्चा नै छैन, क्षत्रफल छैन । नेताहरूले थाङ्ने भाषण फलाकेर चलेको छ यो देश भन्दा नराम्रो लाग्ला कुरा सत्य हो साँचो हो ।

अब सरकारले आफैँ लगानी गरेर निजी क्षेत्रलाई समेत साझेदार बनाएर, विदेशी र उनीहरूको ज्ञान, सीप र प्रविधिसमेत नेपालमा भित्र्याउन पर्दछ । फलफूल विकासमा नयाँ युगको सुरुवात गर्नुपर्दछ । दक्षिण एसियाका दुई अरब मानिसलाई मध्यनजरमा राखेर अत्याधुनिक फलफूल खेती औद्योगिक तवरबाट चाँडै सुरु गर्नुपर्दछ अझ गल्फ देशहरूसमेतलाई फलफूलको बजार बनाउन सकिन्छ ।

यो देशको हावा पानीमा के हुँदैन ? कुन त्यस्तो चिज छ जुन नेपालमा फल्दैन, फुल्दैन, उम्रदैन र बढ्दैन ? सबै थोक हुन्छ हो हुन्छ भने गर्नुप¥यो खै के छ प्लान सरकारको ? कहाँ छ यसको मास्टर प्लानको खाका कसले बनाएको छ ? यस्तो योजना जसले नेपालमा फलफूल फलाएर विश्वका अन्य मुलुकहरूमा निर्यात गर्ने रोजगार र व्यवसाय सिर्जना गर्ने ? कसले कोरेको छ खाका ? कसले देखेको छ दिवा सपना खै को हो त्यो शिशिर योगी र मैले खोजेको एक महा–मानव ? को हो ? तिन तहका सरकार छन्, गाउँमा सिंहदरबार पुग्यो भन्छन् खै सिंहदरबारसँगै गाउँमा के–के पुग्यो लाग्छ मलाई अब हामीले ढिला गर्नै हुँदैन अब कसलाई कुर्ने यो जमानाको हामीहरू नै हो । सुरुवात आजकै दिनबाट आफैँले सुरु गर्नु पर्दछ ।

विश्व परिवेश हेर्ने हो भने विधि, प्रविधि, ज्ञान, विज्ञान र मानव चेतनाको पौरखले भगवान्लाई नै पो चुनौती देलाजस्तो छ । संसारमा कस्ता–कस्ता प्रविधिका विकास गरेका छन्, उनिहरूले अद्भूत खोज अनुुसन्धान गरेर कस्तो–कस्तो टेक्नोलोजीहरूका विकास गरेका छन् हामीहरूले त कल्पना समेत गर्न सक्दैनौँ । इजरायल, जापान, चाइना, युरोप, अस्ट्रेलिया, क्यानाडा, अमेरिका र अन्य कयौँ मुलुकले कृषिमा चमत्कार गरिसकेका छन्, यिनिहरूको छुट्टाछुट्टै आर्थिक सम्राज्य खडा गरेका छन् । दिनानुदिन प्रविधि र आर्थिक समृद्धिमा कस्ले बाजी मार्ने होड चलेको छ ।

यसै क्रममा अमेरिकाका एक वैज्ञानिकले एउटै रूखमा ४२ प्रकारका फलफूल फलायर विश्व चकित पारे । तेही भारत र टिबेटमा समेत कृषिमा क्रान्ति नै गरिसकेका छन् । हामी भने कृषि प्रधान देश भएर ८५ प्रतिशत उपभोग्य कृषि उत्पादन अन्य देशबाट आयात गर्छांै । भाटभटेनीमा रायोको साग, स्पेनबाट आउँदो रहेछ । सबै विदेशको सामान किन्ने हामीमा आदत बसिसकेको छ । सात दिनमा गाईलाई दिने पौष्टिक घाँस तयार गर्दछन्, हाइड्रोे पोनिकको विकास गरेर माटोविना बेमौसमी खेती सुरु गरिसकेका छन् । समुन्द्रमाथि, कौसी माथि, अन्डर वाटर, र मरूभूमिमा समेत विसाल कृषि फर्म बनाइसकेका छन् । हिमालजस्तो चिसो ठाउँमा समेत एसी लगाएर जस्तोसुकै तरकारीहरू फलाउन सफल भएका छन् ।

स्याउ मात्रै ३० भन्दा बढी प्रजातिको हुँदो रहेछ भने अन्य फलफूल पनि त्यस्तै छन् । मधेसको गर्मिमा समेत स्याउ फलाउने प्रविधिको विकास गरेका छन् । लाखांँ रोपनी जमिनमा एउटै फलफूल खेती गरेका छन् । फलफुलबाट हजारौँ मानिसलाई रोजगार दिन सफल छन्, हिजोअस्तिसम्म गरिबीले खाना नपाएका दक्षिण कोरियाको कृषि क्रान्ति हेर्यो भने जिब्रो निकाल्नुपर्छ, यो कसरी सम्भव भयो भनेर ।
सरकारलाई सुझाबहरू

कृषि अनुदान क्यास पैसा नदेउ प्रविधि विकास र प्रविधि आयातमा सघाउ । पैसा ठगहरूले खाँदै छन् । बरू विभिन्न भौतिक संरचनामा सघाउ आधुनिक उपकरण देउ । कर छुट देउ, अन्य भौतिक सहयोग देउ क्यास पैसा किसानको हातमा नदेउ मिसयुज भएका छन् । झोलामा फम बोक्नेले वर्षमा अर्बाै ठगेका छन् । ति ठगहरू प्रायः पार्टीकै कार्यकर्ता झोले चम्चेहरू हुन् ।

अत्याधुनिक प्रविधि भित्र्याउन विश्वभरका वैज्ञानिकहरूले आविष्कार गरेको प्रविधि, ज्ञान र शिक्षा किन तिमी । सरकारी बाँझो जमिन वनलाई नदेउ कृषि मन्त्रालयको बनाउ र बाँझो जमिनमा अत्याधुनिक प्रविधिबाट कृषि फर्म गर । सबै जमिनमा मास्टर प्लान वनाएर सिँचाई पु¥याउ । बुर्जुवा शिक्षा खारेज गरेर वैज्ञानिक र प्राविधिक शिक्षामा जोड देउ । एक्सपोर्ट वैज्ञानिकहरू उत्पादन गर । खोज अनुसन्धान गर एनालाइसिस गर र अनुसन्धान र एनलाइसिसको एउटा विभाग नै खडा गर । प्रत्येक टुक्रा जमिनमा आर्थिक सम्बन्ध राख बेरोगार, गरिबी, परनिर्भर हटाउने सम्भावनाहरू देख ।

यसबाट हुने मुख्य–फाइदाहरू
–बाझो जमिनको सदुपयोग ।
–युवाहरूलाई रोजगारी पुँजी, प्रविधि र बैज्ञानिकहरूको परिचालन ।
–निजीक्षेत्रलाई प्राविधिक ज्ञान, पद्धति, प्रणाली र अन्य भौतिक सहायता जस्तो बिरुवा, मल, विउ र रोग उपचार मेसिन औजार आदी सहयोग ।
–राज्यलाई भविष्यमा राजस्व वृद्धिमा सर्पोट ।
–फलफूल खेतीमा नेपालको नयाँ युगको सुरुवात आत्मनिर्भरसँगै –विश्वभर आविष्कार भएका प्रविधि आदीको आयात ।
–सरकारको नयाँ कामको सुरूवात र पार्टी र सरकार दुवैलाई जनताको सर्मथन ।
–निर्यात व्यापारमा वृद्धि र आत्मनिर्भर देश बन्दै जाने ।
–गरिबी र बेरोजगारीको अन्त्य ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय