द्वीटरमा राजनीतिक विज्ञापन माथि प्रतिबन्ध

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। राजनीतिक धारणालाई बेचबिखन गर्न नहुने भन्दै ट्वीटरले सम्पूर्ण राजनीतिक विज्ञापन माथि प्रतिबन्ध लगाएको छ। ट्वीटरको प्रतिद्वन्दी फेसबुकले भने राजनीतिक विज्ञापन हटाउने प्रस्ताव अस्वीकार गर्दै त्यसलाई परादर्शी बनाउने प्रतिबद्धता जनाएको छ।

सन् २०२० को चुनावलाई केन्द्रित गर्दै अमेरिकामा सुरु राजनीतिक अभियानमा प्रयोग भएका विज्ञापनका कारण सामाजिक सञ्जालका कम्पनीहरुको भूमिकाको आलोचना भैरहेका छन्। ट्वीटरका १२ करोड ६० लाख दैनिक प्रयोग कर्ता छन् भने फेसबुकको १ अर्ब ६३ करोड नियमित प्रयोगकर्ता छन्।

प्रतिक्रिया