चिनियाँ पर्यटक वृद्धि र सीको वाचा

त्यसो त चिनियाँ सर्वसाधारण नागरिकहरूले नेपालमा आधिकारिक रूपमा पर्यटकको रूपमा भ्रमण गर्नका लागि चीन सरकारबाट अनुमति प्राप्त गर्न नै धेरै ढिला भएको थियो । किनभने, सन् २००३ देखि मात्रै चीन सरकारले आफ्नो देशका नागरिकलाई नेपालमा पर्यटक भएर आउने अनुमति अर्थात् ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ आधिकारिक रूपमा दियो । जब कि एसियाका अन्य देशहरू, युरोप, अमेरिकालगायतका देशमा पर्यटक भएर जानका लागि आफ्ना देशका सर्वसाधारण नागरिकलाई चीन सरकारले सन् १९८० को दशकमै यस्तो ‘एपु्रभ्ड डेस्टिनेसन्स् स्टाटस’ अर्थात् पर्यटकको रूपमा विदेश भ्रमण गर्न पाउने अनुमति दिएको थियो ।

जे होस्, ढिलै भए पनि सन् २००३ मा चीन सरकारले आफ्नो देशका सर्वसाधारण नागरिकलाई पर्यटकको रूपमा नेपाल भ्रमण गर्ने अनुमति दिएपछि सो वर्ष सात हजार, ५ सय ६२ सर्वसाधारण चिनियाँ नागरिकहरू पर्यटकका रूपमा नेपाल भित्रिएका थिए । त्यस यता नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या संख्यात्मक रूपमा लगातार बढेको देखिन्छ । यसरी नेपाल भ्रमणमा पर्यटक भई घुम्न आउने चिनियाँ नागरिकहरू संख्यात्मक रूपमा लगातार बढ्ने क्रममा कतिसम्म बढ्यो भने, २०१४ (लगभग १२ वर्षको अन्तराल) मा एक लाख, २३ हजार, ८ सय ५ चिनियाँ नागरिकहरू पर्यटकको रूपमा नेपाल भ्रमणमा आएका थिए । समग्रमा सन् २०१४ मा नेपालको भ्रमण गर्ने विदेशी पर्यटकको संख्या सात लाख, ९० हजार हाराहारी मात्रै थियो ।

नेपाल भ्रमणमा आउन चाहने चिनियाँ पर्यटकहरूलाई अझ सहजताका लागि चार तहको प्रवेशाज्ञा दिने नीति लिनुपर्ने देखिन्छ । चिनियाँ पर्यटकहरूलाई मकाउ लगायत चीनको अन्य ठूला र पायक पर्ने सहरहरूबाट पनि सहज रूपमा प्रवेशाज्ञा उपलब्ध गराउनुपर्ने देखिन्छ । यसो गर्न सके नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या अरू बढ्ने निश्चित थियो 

नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या बढाउनकै लागि नेपाल सरकारले नेपाल भ्रमणमा आउन चाहने चिनियाँ पर्यटकहरूलाई (१ जनवरी, २०१६ देखि) निःशुल्क प्रवेशाज्ञा (भिसा) दिने नीति लिएको छ । त्यसका लागि हाल नेपाल सरकारले १५ दिने, ३० दिने र ९० दिने गरी तीन तहमा नेपाल आउन चाहने चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था लागू गरेको छ भने यसरी पर्यटक भएर नेपाल भ्रमण गर्न आउन चाहने चिनियाँ नागरिकहरूले हाललाई चीनको राजधानी बेइजिङमा रहेको नेपाली राजदूतावास, चीनको स्वशासित क्षेत्र ल्हासा, सांघाई र, हङकङस्थित नेपाली महावाणिज्य दूतावासबाट प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

तर, नेपालमा चिनियाँ पर्यटकको संख्या बढाउनका लागि र नेपाल भ्रमणमा आउन चाहने चिनियाँ पर्यटकहरूलाई अझ सहजताका लागि चार तहको प्रवेशाज्ञा दिने नीति लिनुपर्ने देखिन्छ । चिनियाँ पर्यटकहरूलाई मकाउलगायत चीनको अन्य ठूला र पायक पर्ने सहरहरूबाट पनि सहज रूपमा प्रवेशाज्ञा उपलब्ध गराउनुपर्ने देखिन्छ । यसो गर्न सके नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या अरू बढ्ने निश्चित थियो ।

चीन सरकारलाई विशेष अनुरोध गरेर जति सक्दो चाँडो र नेपाल–चीनबीचको धेरैभन्दा धेरै उत्तरी नाकाहरू तत्कालै खोल्न र ती नाकाहरूमा चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालसँग सडक यातायातको जालो तुरुन्तै बिच्छ्याउन सके नेपाल भ्रमणमा आउन चाहने चिनियाँ पर्यटकको संख्या अवश्व नै बढ्ने थियो । यसो गर्न सके नेपालले घोषणा गरेको ‘सन् २०२० को नेपाल भ्रमण वर्ष’को अभियानलाई पनि ‘सुनमा सुगन्ध’ थपे जस्तो हुने थियो कि ।

किनभने, हाल चीनको मुख्य भूमिबाट मात्रै लाखौँ आन्तरिक चिनियाँ पर्यटकहरू तिब्बतमा रहेको कैलाश पर्वत (काङ रिम्पोचे), मानसरोबर ताल, यार्लुङ–जाङबो (भारतको आसाममा ब्रह्मपुत्र÷यमुना–जमुना र गंगामा मिसिदै बंगलादेशमा पुगेपछि पद्मा भनिन्छ ।), ल्हासास्थित पोताला दरबार हेर्न आउने गरेका छन् । त्यसैले तिब्बतमा आउने ती आन्तरिक चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण समेत गराउने गरी प्याकेज बनाउन सके राम्रै हुन्थ्यो ।

यसका लागि हालै नेपाल भ्राणमा आएका चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङले आप्mनो नेपालको औपचारिक भ्रमणको क्रममा आफू र नेपाली जनताको तर्फ बाट नेपालका राष्ट्रपति महामहिम विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङको सम्मानमा आयोजित कार्यक्रममा दिएको आफ्नाे मन्तव्यमा पारेको÷परेको कुरो (वाक्य) लाई आधार बनाएर नेपालले कूटनैतिक पहल गर्नुपर्ने देखिन्छ ।

किनभने, महामहिम राष्ट्रपति ज्युले आफ्नाे सम्बोधनको क्रममा आफ्नाे देशका नागरिकलाई नेपालको भ्रमण गर्न प्रेरित गर्ने भनी बताउनुभएको थियो । अथवा भनौं वाचा गर्नु भएको थियो । जुन हामी नेपालीहरूका लागि धेरै राम्रो समाचार हो । त्यसैले चीन सरकारले चिनियाँ नागरिकलाई नेपालले घोषणा गरेको ‘सन् २०२० को नेपाल भ्रमण वर्ष’लाई सफल पार्न चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने भनी बताएको कुरोलाई आधार मानेर तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ ।

चिनियाँ पर्यटकहरू हालसम्म नेपालमा छोटो यात्रामा निक्लने खालका मात्रै आइरहेका छन् । जस्तै चार÷पाँच दिनदेखि सात÷नौ दिनसम्म नेपाल बिताउनेहरू नै बढीजसो चिनियाँ पर्यटकहरू नेपाल आइरहेको देखिन्छ । त्यसैले हामीले डिलक्स र लक्जरियस खालका चिनियाँ पर्यटकहरू भित्र्याउन नसके तापनि सक्दो खर्च गर्न सक्ने र कम्तीमा आठ÷दस दिनदेखि १४÷१५ दिनसम्म नेपाल बिताउने खालका चिनियाँ पर्यटकहरू धेरै भन्दा धेरै भित्र्याउने वा नेपाल आएका चिनियाहरूलाई धेरै दिनसम्म नेपालमा घुम्न–बस्न प्रेरित गर्र्ने काम सँग–सँगै गर्नुपर्ने देखिन्छ ।

त्यसो त केवल चिनियाँ पर्यटक भित्र्याउनका लागि मात्रै होइन, कुनै पनि देशका पर्यटक भित्र्याउनका लागि नभई नहुने आधारभूत आवश्यक्ताहरू जस्तै हवाई मैदान अर्थात् विमानस्थल, मोटर बाटो, होटल, लज, गेस्ट हाउस, रिसोर्ट, मोटेल (नेपालमा हालसम्म मोटेलको अवधारणाले साकार रूप लिइसकेको छैन) पर्यटकले इच्छाएको खाना, हुन त खानाको सन्दर्भमा भन्नु पर्दा स्थानीय उत्पादनलाई जोड नदिने हो भने कुनै पनि पर्यटकले खानाका लागि खर्च गर्ने लगभग ८० प्रतिशत पैसा विदेशीने सम्भावना हुन्छ । यो कुरा केही अघिसम्म र, हालसम्म पनि नेपालमा सञ्चालित ठूला होटल÷तारे होटलहरूमा माछा, मासु, मरमसला, खाद्यान, पेय, पदार्थ लगायत कतिपय आवश्यक सरसामान नेपालबाहिरबाटै ल्याउँथे भने अझै पनि तारे होटलहरूले विदेशी खाद्यपदार्थ नै ल्याउनुपर्ने बाध्यता छँदैछ ।

उता कतिपय होटलहरूले आवश्यक दक्ष जनशक्ति अझै पनि जस्तै म्यानेजर, हेड कुक, एसिस्टेन्ट कुक, क्याप्टेन, वेटर, बारमेन आदि समेत विदेशी नै खासगरी भारतीयहरू ल्याउने गरेको पाइन्छ । नेपालको पर्यटन प्रवद्र्धनमा सबैभन्दा ठूलो समस्या भन्नु नै हवाईजहाजको समस्या हो । हाम्रो देशको अवस्था कस्तो छ भने, अहिलेसम्म एकैपटक दोहोरो रूपमा ठूलो जहाज (अन्तर्राष्ट्रिय रुटमा चल्ने हवाईजहाज) उड्न सक्ने–बस्न सक्ने धावनमार्ग भएको विमानस्थल समेत छैन । विगत लामो समयदेखि सञ्चालनमा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ पनि अन्तर्राष्ट्रिय मापदण्ड विपरीत गुजुमज्जु मानवबस्तीसँगै छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा बल्लतल्ल बाराको निजगढ, कास्कीको पोखरा, रूपन्देहीको लुम्बिनी आदिले चर्चा पाइरहेको छ । तर, जे कुरोमा पनि राजनीति गर्ने बानी परेको हामी नेपालीहरू गम्भीर छैनौँ । अन्तर्राष्ट्रिय विमानस्थल कहाँ बन्ने ? भन्दा कहिले निजगढमा बन्ने भनेको छ, कहिले पोखरामा बन्ने भनेको छ, कहिले लुम्बिनीमा बन्ने भनेको छ । कहिले कहाँ बन्ने भनेको छ, कहिले कहाँ बन्ने भनेको छ । यसरी नेपालमा नयाँ अन्तर्राष्ट्रियस्तरको विमानस्थल बन्ने चर्चा भएको लामो समयपछि बल्लतल्ल बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने तय त भएको छ ।

प्रतिक्रिया