फिल्म ‘दबंग ३’ को ट्रेलर (भिडियो सहित)

एजेन्सी । सलमान खानको बहुप्रतिक्षित फिल्म दबंग ३ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २२ सेकेण्डको ट्रेलरमा धमाकेदार एक्शन सीन देखाइएको छ । एक्शनका साथै रोमान्स र रमाइला डायलग पनि ट्रेलरमा समावेश गरिएको छ ।

क्रिसमसमा फेरि सलमान खानको राम्रो समय सुरु हुन गइरहेको छ । सलमान यस एक्शन फिल्म दर्शकले निकै मन पराउने अनुमान गरिएको छ । यसअघिका दबंगका दुइ वटै सिरिजले बलिउड बक्स अफिसमा उत्कृष्ट रेकर्ड राख्न सफल भएको थियो ।

सलमानको दबंग ३ ले पनि बक्स अफिसमा नयाँ रेकर्ड राख्ने चर्चा चलेको छ । केही दिनअघि फिल्मको पोस्टरपछि रिलिज गरिएको थियो । । फिल्ममा सलमान अर्थात चुलबुल पाण्डे कमेडी, एक्शन तथा रोमान्स गर्ने पात्रको रुपमा देखिनेछन् ।

प्रभुदेवाले निर्देशन गरेको फिल्ममा सलमान, सोनाक्षी सिन्हा, अरबाज खान, माही गिल, पंकज त्रिपाठी ताथ किच्चा सुदीपलगायतका कलाकारको अभिनय रहनेछ । फिल्म डिसेम्बर २० मा रिलिज हुँदैछ ।

 

प्रतिक्रिया