हिंस्रक मनोवृत्ति एवं युद्धोन्मादको उपचार

संसारमा समय–समयमा हुने युद्ध, हिंसाको दुष्चक्र, नरहत्याको विभत्स त्रासदी बारेमा विचार गरौँ त ! एकातिर मान्छे दार्शनिक बनेर सारा जगतको कल्याण एवं शान्तिको वकालत गर्छ भने अर्कातिर युद्धमा खरबौँ रूपैयाँ, खरबौँ डलर खर्चिन्छ र आफ्नै बन्धुको हत्या गरेर विजयको अभिमानमा अट्टाहास गर्नसमेत भ्याउँछ । चाहे त्यो युद्ध जेसुकै नाममा लडिएको होस् वा जहाँसुकै गरिएको होस् र जुनसुकै कालखण्डमा मच्चाइएको होस् त्यसबाट मानवता आहत भएकै छ ।

युद्धबाट पीडित अनाथ विधवा तथा शरणार्थीहरूको चित्कारमा मानवताको छटपटाहट नै त प्रतिबिम्बित भएको हो नि ! युद्धलाई समाप्त नपारुन्जेल यस्ता त्रासदीहरूबाट मानव समाज भविष्यमा पनि बारम्बार घाइते भइरहने निश्चित छ । हिंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नुअघि त्यसको जरो चिन्नु जरुरी छ । जरो नचिन्ने होभने फगत् ‘शान्ति’, ‘शान्ति’को फलाकोलेमात्र केही हुनेवाला छैन ।

वास्तवमा लडाइ वा युद्ध सर्वप्रथम मान्छेको मनमा र मष्तिस्कमा पैदा हुन्छ । तसर्थ हिंस्रक मनोवृत्ति एवं युद्धोन्मादलाई समाप्त पार्नु छ भने सर्वप्रथम उपचार मान्छेको मनमा र मष्तिस्कमा गर्नुपर्छ । प्रत्येक मानवको मानसिक सन्तुलन एवम् भावात्मक शान्ति कायम रहने हो भने युद्ध गर्ने परिस्थिति नै रहने छैन । यदि मानव समाजमा पारस्परिक व्यवहार प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदिजस्ता गुणयुक्त हुने हो भने अधिकांश समस्याहरू स्वतः निर्मूल हुने स्पष्टै छ ।

तर, यी कुराहरू भन्न जति सजिलो छ, व्यवहारमा कार्यान्वयन गर्न त्यति सजिलो छैन । तर, व्यवहारमा कार्यान्वयन गर्न पटक्कै नसकिने पनि त होइन । यदि हामीले चाहेमा पारस्परिक व्यवहारलाई प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणयुक्त बनाउन सक्छौँ । यसका निमित्त हामीले रोज्नुपर्ने बाटो भोगवादको होइन, योगवादको बाटो हो हामीले रोज्नुपर्ने त ।

कुनै चीज गलत हो भन्ने जान्दा जान्दै पनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ, अनि मान्छे भोगवादको खाडलमा खँगारिन्छ र यसको परिणाममा मान्छे युद्ध, हिंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले योगवादी बनाउँछ मान्छेलाई र यसले परम् आनन्द शान्ति एवं सुख प्रदान गर्दछ 

योगको अर्थ हो, जोड्नु अथवा मिलन । आध्यात्मिक तवरले भन्नुपर्दा योगको अर्थ हो, आत्मालाई परमात्मासँग मिलन गराउनु । यसमा चित्तको वृत्ति–निरोध पनि एक जरुरी अंग हुँदै हो । आत्मबोध भएको मान्छेले सारा जगत्लाई परमात्म–स्वरूप अनुभूत गर्ने हुनाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ । अर्को प्राणीलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन द्वेष हुँदैन क्रोध हुँदैन झै–झगडा र मारकाट हुँदैन, हिंसा हुँदैन । परोपकार योगीको जीवनको स्वाभाविक कर्म हुन्छ । सर्वे भवन्तु सुखिनःको भावनाले भरिपूर्ण हुन्छ ऊ । योगवाद त मानवताको उच्चतम स्वरूप हो । तसर्थ त्यहाँ प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदि जस्ता गुणको नै उपस्थिति हुन्छ ।

योगवादी मनुष्य कसरी सुख–शान्तिको वाहक हुन्छ भन्ने सम्बन्धमा एकजना विद्वानको भनाइ यहाँ स्मरणीय छ । जसअनुसार योगवादी मनुष्यमा चार किसिमका गुणहरू हुन्छन् , गुणदर्शन, धैर्य, मैत्रीभाव र सन्तोष । पद्मपुराणमा भनिएको छ, हे मनुष्य हो तिमीहरू धर्मको सार सुन र सुनेर धारण गर कि जो हामी आफ्नालागि चाहँदैनौँ त्यो अरूप्रति पनि नगर्नू । संस्कृत भाषामा स्वरूयतां धर्मसर्वस्वं श्रुत्वा चैवावधार्यतम् । आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् । भनिएको छ । यस श्लोकको भावना अनुरूपको व्यवहार सबै मनुष्यबाट गरिने हो भने विश्वमा कहिँ पनि लडाइँ, झगडा, युद्ध आदि हुने नै थिएन । तर, अर्काबाट आफूलाईचाहिँ सुख मिलोस् भन्ठान्ने मान्छे बारम्बार अरूलाई दुःख–कष्ट दिइरहन्छ र युद्ध मानव समुदायकालागि त्याज्य छ भन्ने जान्दाजान्दै पनि बारम्बार युद्ध छेडिरहने प्रवृत्ति छ मान्छेमा ।

विश्वशान्ति चाहने हो भने जो हामी आफ्नालागि चाहँदैनौँ त्यो अरूप्रति पनि नगर्नु एकदमै उपयुक्त कदम हो । योगवादी मान्छेले मात्रै यस्तो व्यवहार गर्न सक्छ । अधिकांशतः मानिसहरू आफ्नो विवेकको अनादर गर्दछन् । कुनै चीज गलत हो भन्ने जान्दा जान्दै पनि त्यसलाई त्याग्न नसक्नु विवेकको अनादर हो । जब विवेकको अनादर हुन्छ तब बुद्धिले गलत बाटो पक्डन्छ, अनि मान्छे भोगवादको खाडलमा खँगारिन्छ र यसको परिणाममा मान्छे युद्ध , हिंसा द्वेषले विषाक्त हुनपुग्छ । अनि जब मानव बुद्धिले सही बाटो पक्डन्छ तबचाहिँ त्यसले योगवादी बनाउँछ मान्छेलाई र यसले परम् आनन्द शान्ति एवं सुख प्रदान गर्दछ ।

भोगवाद भन्दा योगवाद श्रेष्ठ हो भन्ने जान्दाजान्दै पनि खासगरी मानव समाजको अहिलेको प्रवृत्ति देख्दाखेरीमा त मानव जीवनको लक्ष्य भौतिकजगत भित्रै रगमगिने बढी सम्भावना स्पष्ट छ । तर, मानव जीवनको लक्ष्य यत्तिकैमा सीमित रहनु सुहाउँदो लाग्दैन । आहार निद्रा भय र मैथुन (यी कुराहरू मनुष्य र पशुहरूमा समान छन् । मनुष्यमा विशेषता यो छकि उसमा ज्ञान अर्थात् विवेक पनि छ । ज्ञानहीन मनुष्य पशु समान नै मानिएको छ । मनुष्यलाई ज्ञान प्राप्त भएकाले उसको जीवन(दर्शन पनि अरु प्राणीका तुलनामा पृथक् किसिमको छ । मनुष्यको कर्तव्य एवं दायित्व पनि अरु प्राणीकोभन्दा विशेष छ ।

त्यो कर्तव्य एवं दायित्वलाई आत्मसात् गर्नैपर्छ । हुन त मानव मन प्रायः सांसारिकतामा रमाउने र भौतिक जगत्भित्रै सम्पूर्णता खोज्ने प्रवृत्तिले आक्रान्त रहेको छ । अधिकांश मान्छे आफ्नो मनका दास हुने हुन्छन् । अनि यो मनका बारेमा त माथिपनि चर्चा गरिएकै छ कि वास्तवमा लडाइँ वा युद्ध सर्वप्रथम मान्छेको मनमारमष्तिस्कमा पैदा हुन्छ । यद्यपि, हामीले चाहेमा मनलाई आफ्नो नियन्त्रणमा राख्न सक्दछौँ । यसका अनेक विधि छन् । मानव मनलाई बुद्धिलाई सही मार्ग–निर्देशन गर्नका लागि उपायहरू छन् ।

हिंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्या आन्तरिक प्रकृतिका समस्या हुन्स मानसिक एवं भावात्मक तहबाट उब्जने समस्या हुन् यी । तसर्थ, यिनको उपचार पनि त्यही तहबाटै आरम्भ गर्नुपर्छ । यसका लागि आध्यात्मिक र धार्मिक तहमा नपुगी हुँदैन । भोगवादलाई त्यागेर योगवाद अवलम्बन गरेर मात्र हिंस्रक मनोवृत्ति एवं युद्धोन्माद जस्ता समस्याहरूबाट पार पाउन सकिन्छ ।

भोगवादको विरोध गर्नुको अर्थ भौतिक पदार्थको भोग नै त्याग्ने वा त्यसबाट भाग्ने भनेको होइन नि ! जबसम्म शरीरमा आत्मा छ तबसम्म शरीरका लागि गास वास कपास त चाहिन्छ नै । हो आफूलाई यी भौतिक पदार्थहरूको दास बनाउनु पक्कै हुँदैन र मनलाई निर्मल निर्विकार बनाउने र प्रेम शान्ति धैर्य सन्तोष दया त्याग आदिजस्ता गुणयुक्त हुनेतर्फ प्रवृत्त हुनै पर्छ । तब मात्र युद्धोन्मादको रामवाण उपचार हुन सम्भव छ ।

प्रतिक्रिया