हराएको सुदूरपश्चिमको साँचो

जनप्रतिनिधिबाट निर्मित नेपालको संविधान (२०७२) अनुसार राज्यको आन्तरिक पुनसंरचना गरी बनेका सात प्रदेशहरूमध्ये सुदूरपश्चिम एक प्रदेश हो । सुदूरपश्चिम सामाजिक विभेद र श्रोत साधनको असमान र असन्तुलित वितरण तथा केन्द्रिकृत शासन प्रणालीका कारण विकासको राष्ट्रिय मूल प्रवाहबाट टाढा रहेको छ । भौगोलिक विकटताका कारण देखाउँदै पूर्वाधार विकास, सामाजिक विकास र आर्थिक समृद्धिका दृष्टिले पछाडी परेको सुदूरपश्चिमले आफ्नो मुहार फेरिने सपनासम्म देख्न पाएन ।

हुन त सुदूरपश्चिम ०४६ सालको परिवर्तनपछि मात्र नेपालका अन्य विकास क्षेत्रसँग जोडिएको हो । नेपालको सबैभन्दा लामो पुलमध्येको एक हो कर्णाली पुल । यो पुल निर्माण हुन पनि प्रजातन्त्र पुनबर्हाली पर्खनुप¥यो । नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अर्थात हालै नामाकरण गरिएको सुदूरपश्चिम प्रदेश लाई नेपालको अन्य भाग सँगयसै कर्णाली पुलले जोडेको छ । यो पुल बनेपछि नै सुदूरपश्चिमका सर्वसाधारण जनताले पनि सहज रूपमा काठमाडाैं आउजाउ गर्न पाएका हुन । यो क्षेत्रको भारत र चीनसँग सिमाना जोडिएको छ । उत्तरी क्षेत्रको व्यापार चीनसँग हुने गथ्र्यो भने दक्षिणी क्षेत्रको व्यापार भारत सँग हुने गरेको छ ।

सुदूरपश्चिम २०४६ सालको परिवर्तनपछि मात्र नेपालका अन्य विकास क्षेत्रसँग जोडिएको हो । नेपालको सबैभन्दा लामो पुलमध्येको एक हो कर्णाली पुल । यो पुल निर्माण हुन पनि प्रजातन्त्र पुनवर्हाली पर्खनुप¥यो । नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अर्थात् हालै नामाकरण गरीएको सुदूरपश्चिम प्रदेश लाई नेपालको अन्य भागसँग यसै कर्णाली पुलले जोडेको छ 

रोजगारीको लागी पनि यसक्षेत्रका जनता भारत जाने गरेका छन् । गरिबी, अशिक्षा, रुढिवादी, छुईछिटो यस क्षेत्रको पहिचान बन्दै आयो । विकटताको फाइदा उठाउँदै यसक्षेत्रमा कार्यरत एनजिओ आइएनजिओहरूले गरिबी, अशिक्ष, दरिद्रता, बेरोजगारी, विभिन्न प्रथा हरूलाई मुख्य समस्या देखाउँदै आफ्नो झोली भरे पनि यस क्षेत्रका जनताको अवस्था भने जस्ताको त्यस्तै रहेको छ । संस्थाहरूले अभाव र गरिबीको प्रचार गर्नमा टेवा पु¥याए पनि यसक्षेत्रको सम्भावनाको विषयमा कहिलै आवाज उठाएन । केन्द्र सरकार तरकारीको बिउबिजन वितरण गर्ने एनजिओ र आइएनजिओको पछि लागेर मात्र सुदूरपश्चिमका विकट गाँउबस्तीमा पुग्यो । विडम्बना यस क्षेत्रका राजनीतिक दलका नेताहरूले समेत आवान उठाउन सकेनन् ।

सुदूरपश्चिम विभूति जन्माएको क्षेत्रसँगै सम्भावना बोकेको ठाउँ हो भनेर कसैले आवाज उठाउन नसक्नुले सुदूरपश्चिम पछाडि परेको हो । एक छिन यस क्षेत्रको सम्भावना र विकासको कुरा गराैँ । तत्कालीन सरकारले २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरेको ११ वर्षपछि अर्थात् २०२९ साल ४ विकास क्षेत्रमा विभाजन गरियो । चार विकास क्षेत्रमा विभाजन भएपछि खप्तड राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षको स्थापना भएको थियो । आजभन्दा ६६ वर्ष पहिले नै पञ्चेश्वर आयोजनाका विषयमा चर्चा हुन थालेको थियो ।

सन् १९५६ मा भारतीय पक्षले महाकाली नदीमा पञ्चेश्वरको बाँधस्थल पहिचान गरेको थियो । यसै क्षेत्रमा आजभन्दा २४ वर्षपहिले ७ सय ५० मेगावाट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजनाको चर्चा हुन थालेको हो आजसम्म पनि बन्ने कि नबने भन्ने अन्योलमै रहेको छ । चमेलिया जलविद्युत् आयोजना भने सम्पन्न भइसकेको छ । बझाङमा कालङगा जलविद्युत् आयोजना निमार्णधीन छ । निर्वाचनका वेला चर्चामा आउने कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने योजना निर्वाचनपछि हराउँदै जानुमा राजनितिक दलहरूको लाचारी पनहो । ०४२ मा स्थापना गरिएको खप्तड राष्ट्रिय निकुञ्ज धार्मिक दृष्ठिकोणले धेरै महत्वपूर्ण मानिन्छ । समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएकोे खप्तड लेक ५० वर्षपहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो ।

प्रचारकै अभाव र विकासले पछाडि पारेको खप्तड धार्मिक रूपमा पनि महत्वपूर्ण स्थान पनि हो । ०२६ सालमा सिकार आरक्षको रूपमा व्यवस्थापन गर्न सुरु गरियको शुक्लाफाँटाले २०३३ वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त ग¥यो । यस शुक्लाफाँट वन्यजन्तु आरक्षलाई बाह्रसिंहा जरायोलगायत मयुर, हात्ती जस्ता अन्य जनावरको मुख्य वास स्थान हो भने नेपालकै ठूलो घाँसे मैदान पनि हो । शुक्लाफाँट वन्यजन्तु आरक्षमा आन्तरिक पर्यटक बाहेक बाह्य प्रर्यटक ल्याउन सकेन र शुक्लाफाँट वन्यजन्तु आरक्षको सरकारले कुनै प्रचार नै गरेन ।

शुक्लाफाटा वन्यजन्तु आरक्ष र खप्तड राष्ट्रिय निकुन्ज जहिले पनि ओझेलमै पारीयो र यस क्षेत्रमा पर्यटकको लागि कहिल्यै प्रचार गरिएन । राष्ट्रिय निकुन्ज मात्र होइन यस क्षेत्रमा हुन लागेका जलविद्युत् आयोजनाको समेत अनुगमन गरिएन र विकासका कामलाई अगाडि बढाउने कोसिससम्म गरिएन । यसका उदाहरण माथि नै उल्लेख गरिसकेका छन् । सिँचाइको प्रसस्त समभावना भएको सुदूरपश्चिमका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा समेत सिँचाइको व्यवस्था गर्न सकेको छैन । सिँचाइको लागि निमार्णाधीन नहर सिँचाइ आयोजना कहिले निमार्ण सम्पन्न हुने टुंगो छैन ।

जस्तै कञ्चनपुरमा निमार्णाधीन कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्रफल गरी ३३ हजार ५ सय २० हेक्टर सिँचाइ सुविधा पुग्नेछ महाकाली सिँचाइको नहर निमार्णकार्य पूरा हुन सकेको छैन । रानीजमरा, कर्णाली सिँचाइ परियोजना अधुरै रहेका छन् । सुदूरपश्चिमलाई जहिले पनि जातीय विभेदको जन्मस्थानको रूपमा प्रचार गरियो, तर जयपृथ्वीबहादुर सिंह, भिमदत्त पन्तजस्ता हस्ती जन्मेको स्थानको रूपमा केन्द्र सरकारले कहिल्यै हेरेन र यो क्षेत्र पछाडि पारियो । छुवाछुतको प्रचार गर्नेहरूले उनीहरूले दिएको शिक्षाको प्रचार गर्न नसक्नु यस क्षेत्रको दुर्भाग्य हो ।

जयपृथ्वीबहादुर सिंहले लेखेको अक्षरांक शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले लेखेका पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गांक, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । राजा जयपृथ्वीले शिक्षालाई खुबै महत्व दिए त्यही क्रममा उनले आठजना विद्यार्थी काठमाडौंमा पढ्न पठाएका थिए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भए । उनले काठमाडौंको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि उनले काठमाडौंको सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे आजभोलि सत्यवादी बहुमुखी क्याम्पस भएर बझाङका युवाहरूले पढ्न पाएका छन् ।

आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरे उनैले वैज्ञानिक ढंगबाट नापीको व्यवस्था पनि गरे । त्यहाँ औषधालय उनैले स्थापना गरे । खग औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो । तत्कालीन अवस्थामा अमेरिका र रुसको भ्रमण गर्ने पहिलो नेपाली उनै थिए । शान्ति, मानवता र भातृत्वकै अभिवृद्धिको सन्देश दिने जयपृथ्वीलाई तत्कालीन सरकारले देशनिकाला ग¥यो । उनी भारत हुँदै बेलायत गएर बसे, ब्रिटिसहरूले उनलाई राजबन्दीकै रूपमा भारतको बेङलोरमा राखेको थियो तर उनको देहान्तपछि कान्छो गौतम बुद्ध भनेका थिए ।

जयपृथ्वीबहादुर सिंहको देहान्त भएको दश वर्षपछि सुदूरपश्चिममा फेरि अर्को आन्दोलन भएको थियो । यसै क्षेत्रको डडेलधुरामा जन्मेका भीमदत्त पन्तले ‘कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका थिए । पन्तले पनि संस्कृत पाठशाला खोले आफूले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए । जनताको पक्षमा आन्दोलनरत पन्तको तत्कालीन सरकारले भारतबाट सेना बोलाएर हत्या ग¥यो । उनको टाउको काटी डडेलधुराको चोकमा झुन्ड्याइएको थियो ।

पछि सुदूरपश्चिममा जयपृथ्वी र भीमदत्त पन्तजस्ता मानवतावादी र राष्ट्रवादी नेता अगुवा कोही जन्मेनन् र उनले सिकाएको संस्कार पनि कसैले पालना गरेनन् । शिक्षको सुरुवात गर्ने जयपृथ्वी र छुवा छुतको विरोध गर्ने भिमदत्त पन्तको क्षेत्रमा अझै २५ प्रतिशत जनता गरिबीको रेखामुनि छन भने जातीय छुवाछुत र छाउपडीलगायत अन्य प्रथाको चंगुलबाट छुटकारा पाउन सकेको छैन । हुनत राणाहरूको विरोध गर्दा दशरथ चन्दलाई तत्कालीन राणा सरकारले वि.सं. १९९७ माघ १५ गते शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दियो । २००७ सालपछि यिनै सहिद र महामानवको नाममा राजनीति गर्नेहरू प्रधानमन्त्रीसम्म भएका छन सुदूरपश्चिमको विकास गर्न सकेका छैनन् ।

विभिन्न राजनीतिक अतार चढाव पार गर्दै गणतन्त्रसम्म आइपुग्दा समेत समृद्धि हुन सकेन । शक्तिशाली सरकारकै कुरा गर्ने हो भने पनि चिनियाँ रेलले काठमाडांै पोखरादेखि लुम्बिनी घेर्ने सम्झौता हुँदा दार्चुला र बझाङको सिमानामा पर्ने उत्तरी नाका खोल्ने कुरोसम्म उठाउन सकेन । गणतान्त्रिक सरकारले पनि सुदूरपश्चिमलाई जानीजानी अपहेलना गरेको छ । राणा शासनदेखि गणतन्त्रसम्म आइपुग्दासमेत पछाडि पारिएको सुदूरपश्चिमलाई समृद्धिमा पु¥याउन उत्तरी नाका र भारतीय क्षेत्रमा पर्ने विभिन्न सिमानाका लाई व्यापारिक नाका बनाउनु आवश्यक छ । केरुङ हुँदै रेल आउँदा बझाङको उरै भञ्ज्याङ र दार्चुलाको तिंकरलाई व्यापारिक नाका बनाई यस क्षेत्रको समृद्धि खोज्नु आवश्यक छ । जडिबुटी र पर्यटनले समृद्ध हुने सुदूरपश्चिम यातायात र बजार अभावले नै पछि परेको हो ।

प्रतिक्रिया