मैले भारतीय नागरिकता लिएको छैनः सांसद कँडेल

काठमाडौँ । नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता नभएको स्पष्टीकरण दिएका छन् । उनले छानविन गरेर प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् । हालै एक पत्रिकाले कँडेल भारतीय नागरिक भएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो ।

बुधबार कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पूर्वगृहराज्यमन्त्री समेत रहेका कँडेलले त्यस बिषयमा खण्डन गरे । सांसद कँडेलले सवारी चालक अनुमति पत्र भने आफुसँग रहेको स्वीकार गरे ।

‘मेरो बाल्यकालदेखि नै शिक्षा भारतमा भएको हो, सोही शैक्षिक प्रमाणत्रको आधारमा त्यो लाइसेन्स लिएको हुँ र अहिलेसम्म पनि छ,’ उनले भने । नेपाली नागरिक समितिको अध्यक्ष भएको भन्दै उनीविरुद्ध भारतको इलाहावाद उच्च अदालतमा मुद्दा पनि चलिरहेको छ ।

प्रतिक्रिया