शेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ । मंगलबार शेयर बजारमा परिसूचक नेप्से बढेको छ । बजारमा खरिदविक्री कम भएको अवस्थामा शेयरको माग सामान्य बढेकाले नेप्से सकारात्मक भएको हो । तर, कारोबार रकम भने बढ्न सकेको छैन् ।

१६ करोड ५२ लाख रुपैयाँको शेयर बारोबार भएको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जीवन बीमा लगायतका क्षेत्रका समुहका सूचकहरु बढ्दा नेप्से सकारात्मक बनेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि बढेको छ । १ सय ५५ कम्पनीको ६ लाख ४५ हजार ४ सय ५३ कित्ता शेयर खरिदविक्री भएको छ ।

नबिल बैंक र प्रभु बैंकको शेयर कारोबार एक करोड रुपैयाँ भन्दा बढीको भएको छ । बजारमा खरिदकर्ता र विक्रीकर्ता दुवै कम हुँदा कारोबार रकम भने न्यून भएको छ । लक्ष्मी इक्युटी फण्डका इकाइ धनीहरुले सबैभन्दा बढी ५ दशमलव ३ प्रतिशतले कमाएका छन भने एभरेष्ट बैंकका शेयढरधनीले सबैभन्दा बढी झण्डै ५ प्रतिशतले गुमाएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत केही कम्पनीले अझै वार्षिक नविकरण शुल्क नबुझाउँदा कारोबार रोकिएकाले कारोबार रकम प्रभावित भएको विश्लेषकहरु बताउँछन् । लगानीकर्ताहरु भने सरकार र सरकारी नीतिका कारण लगानीकर्ताले बजारमा लगानी बढाउन नसकेको बताउँछन् । जसका कारण पछिल्लो समय शेयर परिसूचकसँगै करोबार रकम समेत प्रभावित भएको छ ।

प्रतिक्रिया