बागलुङमा अत्याधुनिक दुई सिनेमा हल

काठमाडौं । गोंगबुस्थित बीजी मलमा रहेको बीएसआर मुभिजको पहिलो शाखा बागलुङमा सञ्चालनमा आएको छ । बीएसआर ग्रुपको लगानीमा बागलुङ बजारमा अत्याधुनिक सुविधा सहितको मल्टिप्लेक्स सञ्चालनमा आएको हो ।  बीएसआएर मुभिज बागलुङको बुधबार बरिष्ठ कलाकार नीर शाहले उद्घाटन गरे । पहिलाको पूजा चलचित्र मन्दिरलाई भत्काएर बीएसआर गु्रपले धवलागिरी क्षेत्रकै पहिलो अत्याधुनिक सुविधा सम्पन्नचार सय २६ सिट क्षमताको सिनेमा हल सञ्चालनमा आएको हो ।

बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आउने दुईवटा हलहरु मध्येऔडी–१ मा २०० र औडी–२ मा२२६सिट क्षमता छ । थ्रिडी प्रविधिसहित सुरु भएको बीएसआर सिनेमामाचलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भैरहेका सबै क्रियाकलाप वास्तविक जस्तै महसुस गराउने छ । अत्याधुनिक साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने् कम्पनीको भनाई छ ।

एसी, डिजिटल सराउण्डिङ साउण्ड सिष्टम, लक्जरी सिटले बागलुङ र आसपास क्षेत्रका दर्शकलाई नयाँ अनुभव दिने बीएसआर मुभिजका निर्देशक राजु गिरीले बताए । अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुई वटा अत्याधुनिक सिनेमाहल काठमाडौँको बिजीमलमा विसं २०७३ देखि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया