फिल्म ‘पण्डित बाजेको लौरी’ युट्युबमा

काठमाडौं । चलचित्र ‘पण्डित बाजेको लौरी’ युट्युबमार्फत सार्वजनिक गरिएको छ । यसअघि अन्य प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको यो चलचित्र मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । चलचित्रले हलमा भने दर्शक तान्न सकेको थिएन । तर, हेरेका दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए । पण्डितको पण्डित्याइँ र वादी समुदायको कथा रहेको यो चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् ।

प्रविण खतिवडा, सन्ध्या केसी, मरिष्का पोखरेल, विजय बराज, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, लोकेन्द्र लेखक लायतका कलाकारले अभिनय गरेका यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । यस्तै चलचित्रमा थपन कुमार भण्डारीको निर्माण, विदुर पाण्डेको छायांकन तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया