भारतद्वारा शृंखला क्लिन स्विप

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको तीन टेस्टको शृंखला भारतले क्लिनस्वीप गरेको छ ।  राँचीमा दक्षिण अफ्रिका फ्लो अनमा पर्दै सिरिज नै गुमाएको हो । भारत एक इनिङ्स र २०२ रनले विजयी भयो । दोस्रो टेस्टमा पनि अफ्रिका फ्लो अनमा परेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर ४९७ रन बनाउँदै पहिलो पारि समाप्त गरेको घोषणा गरेको थियो ।

भारतका लागि रोहित शर्माले दोहोरो शतक सहित २ सय १२ रन बनाएका थिए भने अजिंका रहाणेले एक सय १५ रन बनाएका थिए । रविन्द्र जडेजाले ५१ रन बनाउँदा उमेश यादवले ३१ रन जोडे । दक्षिण अफ्रिका पहिलो पारिमा एक सय ६२ रनमा अल आउट भएको थियो । पहिलो पारिमा ३ सय ३५ रनले पछि परेको अफ्रिका फ्लो जोगाउन दोस्रो पटक ब्याटिङमा उत्रियो ।

तर दोस्रो पारि समेत जोडेर अफ्रिकाले भारतले पहिलो पारिमा बनाएको जति रन बनाउन नसक्दा एक इनिङ्स र दुई सय दुई रनले हार व्यहोर्न बाध्य बन्यो । दोस्रो पारिमा अफ्रिका एक सय ३३ रनमा अल आउट हुन पुग्यो । अफ्रिकाका थेनस डी ब्रुयनले सर्वाधिक ३० रन बनाउँदा जर्ज लिन्डीले २७ रनको योगदान गरे ।

दोस्रो पारिमा भारतका मोहम्मद सामीले तीन विकेट लिँदा उमेश यादव र सहजाद नादिमले दुई दुई विकेट लिए । साथै यो सफलतापछि बलियो बनेको भारत विश्व टेस्ट च्याम्पियनसिपमा २ सय ४० अंक बटुल्दै अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । हालसम्म पाँच खेल खेलेको भारत अपराजित रहँदै शीर्षमै रहेको हो । यता, भारतसँगको तीन खेल शृंखलामध्ये दुई खेलमा इनिङसहितको हार बेहोरेको दक्षिण अफ्रिकाका लागि पछिल्ला एक दशकमै निकै खराब नतिजा बनेको छ ।

भारतका कप्तान विराट कोहलीले भने यस शृंखलाको प्रदर्शन निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । ‘यो शृंखला हाम्रा लागि निकै यादगार बन्यो,’ कोहलीले भने । उनले यस शृंखलामा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन रहेको बताएका छन् । तेस्रो खेलमा पनि बलरले पनि राम्रो ब्याटिङ गरेपछि भारतले ४ सय ९७ रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

। यस शृंखलालाई भारतका ओपनरद्वय मायंक अग्रवाल र रोहित शर्मा, विराट कोहलीले उपलब्धिमूलक बनाए । शृंखलामा मायंक २ सय १५ रन, कोहली नटआउट २ सय ५४ रन र रोहित २ सय १२ रनको दोहोरो शतक बनाउन सफल भए ।  विसाखापटनम् र पुणेमा भएका खेलमा भारतीय तीव्र गतिका बलर मोहम्मद सामी र उमेश यादव पाहुना टोलीविरुद्ध हाबी भए । राँचीमा पनि सामी र यादवले सोही किसिमको प्रदर्शन दोहो¥याउँदा दुवै इनिङमा गरेर समान १०/१० विकेट लिए । यता, भारतसँगको लज्जास्पद हारपछि दक्षिण अफ्रिकाका कप्तान फाफ डु प्लेसिस निकै निरास भएका छन् ।

‘पहिलो खेल सुरु हुँदा हाम्रा खेलाडीले निकै राम्रो संकेत दिएका थिए,’ डु प्लेसिसले भने, ‘तर, हामीले धेरै गल्ती ग¥यौँ । भारतजस्तो बलियो टोलीसँग चुनौती दिन सहज पनि छैन । हामी ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा राम्रो गर्न असफल भयौँ ।’  उनले भारतका तीव्र गतिका बलरले पनि शृंखलामा निकै राम्रो प्रदर्शन गरेको बताए । भारतले बंगलादेशसँग घरेलु मैदानमा दुई टेस्ट र तीन ट्वान्टी–२० क्रिकेट शृंखला पनि खेल्नेछ ।

प्रतिक्रिया