क्याट क्विन्स काठमाडौं फाइनलमा

काठमाडौं । क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटको फाइनलमा पुगेको छ ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा विराटनगर टाइटन्सलाई ९ विकेटले हराउँदै क्याट क्विन्सले फाइनलमा स्थान बनाएको हो । काठमाडौंले उपाधिका लागि चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य काठमाडौंले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो ।

चितवन लिगको शीर्ष स्थानमा रहँदै यसअघि फाइनल पुगिसकेको छ । लज्जास्पद पराजय भोगको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि लिगको सबै खेलमा अपराजित रहँदै फाइनलमा स्थान बनाएको चितवन राइनजोसँग क्याट क्विन्सले उपाधिका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरले दिएको ६९ रनको सामान्य लक्ष्य काठमाडौंले ९ दशमलब ५ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको हो । अघिल्लो खेलमा जस्तै काठमाडौंका लागि कप्तान रुबिना क्षेत्रीले उत्कृष्ट इनिङ्सलाई निरन्तरता दिइन् । अविजित ३४ रन जोड्दा अप्सरी बेगमले अविजित २७ रनको योगदान गरेकी थिइन् । रोमा थापा शुन्य रनमा पेभेलियन फर्किंदा विराटनगरकी सोनु खड्काले १ विकेट लिन सफल भएकी थिइन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर मात्र ६८ रन जोड्न सफल भएको थियो । विराटनगरका लागि सोनु खड्काले सर्वा धक ३४ रन जोड्दा ज्योति पाण्डेले १२ तथा आरती बिडारीले ११ रन जोडिन भने अन्य ब्याट् वुमनले राम्रो स्कोर छुन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्न काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले ४ विकेट लिइन् । प्रतियोगितामा बिहीबार फाइनल खेल हुनेछ ।

विभिन पाँच सहरका पाँच टोलीलाई सहभागी गराई सञ्चाल गरिएको प्रतियोगितामा लिगको अन्तिम खेल अगावै पोखरा पल्टन र ललितपुर फाल्कोन्स प्रतियोगिताबाट बाहिरिएका थिए । पहिलो पटक महिला खेलाडीलाई फ्रेन्चाइजबाट आयोजना गरिएको प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ पाउने छ । यस्तै उपािवजेताले ३ लाख प्राप्त गर्दा प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सिसीको स्कुटर र ५० हजार प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट बलर र ब्याट्स वुमनले जनही २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया