पाँचथरमा नेकपाको प्रशिक्षण– फोटो फिचर

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी नेकपाले मंगलबार जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण गरेको छ । पाँचथर क्याम्पसमा भएको प्रशिक्षणमा पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता तथा संविधानजारीका पुर्व सभामुख शुवासचन्द्र नेम्वाङले सम्बोधनमा प्रशिक्षण दिए ।

प्रशिक्षणको सुरुवातमा पत्रकार सम्मेलन पनि गरीएको थियो । अध्यक्ष दाहालले पत्रकारको जिज्ञासामा मन्त्री मन्डलको बिषय प्रम ओलिको कार्यक्षेत्र भित्र पर्ने भएकाले टिप्पणी गर्न चाहेनन् । उनले शान्ति प्रकृयाका बाँकी काम दलहरु एक भएकाले केहिदिनमै टुंग्याउने बताए ।

साथै पार्टी एकताको काम छिट्टै टुंग्याउने समेत बताए । प्रशिक्षणमा महासचिव पौडेले पार्टी एकता प्रकृया मंसिर पहिलो हप्तामा सकिने र जनतामाझ एकिकृतरुपमा जाने तयारी गरीरहेको बताए । महासचिव पौडेलले नेकपालालाइ तहसनहस पार्न बिदेशी शक्ती लागेको प्रष्टयाएका थिए ।

प्रसिक्षणकै क्रममा उपनेता शुवासचन्द्र नेम्वाङले जनताले अनुमोदन गरीएको संविधान कार्यान्वयन चणमा रहेकाले आन्दोलनको काम नभएको र जनताको मन जितेर संसदबाट संविधान संसोधन गर्न सकिने, आन्दोलनरत पक्षलाइ सुझाव दिए ।

कार्यक्रमलाइ पार्टी अध्यक्ष राजकुमार भण्डारीले स्वागत गरेका थिए । प्रशिक्षणकै क्रममा पार्टी इन्चार्ज इन्द्रबहादुर आङवो, देवराज घिमिरेले सम्बोधन गरेका थिए । कार्यक्रम सफल बनाउन नेकपाले व्यवस्थितरुपपा योजना बनाएको पाइयो । सुरक्षा र ट्राफिक व्यवस्थापन गरिएको थियो ।

   तस्बिरः डेबिड ओझा

प्रतिक्रिया